Comments Add Comment

तीन सय वर्षपछि दसैंको नवमी र दशमी एकै दिन

१४ असोज, काठमाडौं । करिब तीन सय वर्षपछि यस वर्ष बडा दसैंको नवमी र दशमी एकै दिन परेपछि नेवाः समुदायको मोहनी चाड मनाउने दिन फरक फरक हुने भएको छ ।

नेवार समुदायमा नवमीको दिन घरमा ज्यावल, हतियार, गाडी, ज्यासल, पुस्तकलगायत पूजा गरेर मोहनी चाड मनाइन्छ । भने बौद्धमार्गीहरुले दशमीको दिन सम्राट अशोकले शस्त्रास्त्र त्यागेको दिनको स्मरणमा मोहनी चाड मनाउने गरेको गोरखापत्रमा खबर छ ।

मोहनी चाड अष्टमीबाट तीन दिन लगातार मनाउने परम्परा रहेपनि यस वर्ष नवमी र दशमी एकै दिन असोज १७ गते परेकाले काठमाडौं, ललितपुर, भक्तपुर र उपत्यकाबाहिर नेवार समुदायले फरक फरक दिन मोहनी चाड मनाउन लागेको नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले बताए ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति र क्वाःबहाः गुठीले असोज १५,१६ र १७ गते मोहनी चाड मनाउने निर्णय गरेको छ भने काठमाडौंस्थित जनबहारः गुठीले १६,१७ र १८ गते अष्टमी नवमी र दशमी मानेर चाड मनाउने निर्णय गरेको छ । भक्तपुरको तलेजु भवानी गुठीले अष्टमी र नवमी १६ र १७ गते मनाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment