Comments Add Comment

दसैंका बेला बैंकमै पैसा सकिएपछि…

१४ असोज, रुकुम । रुकुमका २० प्रतिशत कर्मचारीले दसैंमा तलब नपाउने भएका छन् । नेपाल बैंक लिमिटेड शाखा कार्यालय, रुकुममा पैसा सकिएपछि उनीहरुले तलब नपाउने भएका हुन् ।

नेपाल बैंक लिमिटेड शाखा कार्यालय रुकुमका अनुसार ८० प्रतिशत कर्मचारीले तलब पाइसकेका छन् र बाँकीलाई दिन गाह्रो भएको गोरखापत्रमा खबर छ ।

सामान्यतया बैंकमा पैसा सकिनु पाँच दिन अगावै नेपाल राष्ट्र बैंक नेपालगन्जलाई जानकारी दिनुपर्छ तर, बैंकले सोमबार मात्रै नेपालगञ्जलाई जानकारी गराएको छ । जिल्लामा भएको नेटवर्क र इन्टरनेटको समस्याका कारण जानकारी दिन नसकिएको बताइएको छ ।

सोमबारमात्र ग्लोबल बैंकको रुकुम शाखाबाट ९० लाख रुपैयाँ नेपाल बैंकले ल्याएको बैंकले जनाएको छ । उक्त रकम सामान्य कारोबारवालालाई मात्र वितरण गरिएको छ । मंगलबारदेखि सामान्य कारोबारबाहेक ठूला कारोबार नहुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment