Comments Add Comment

गाविसको आम्दानी सय रुपैयाँ

१४ असोज, रामेछाप  । गत आर्थिक वर्षमा पिखुरी गाविसको आत्तरिक स्रोतबाट जम्मा आम्दानी सय रुपैयाँ मात्र भयो । यो रामेछापको सबैभन्दा कम आम्दानी हुने गाविस हो । जिल्लाका अधिकांश गाविसको आम्दानी न्यून हुँदा विकास निर्माणका काम प्रभावित हुने गरेका छन् ।

फर्पु गाविसको आन्तरिक स्रोतबाट आर्थिक वर्ष ०७०/७१ मा हजार रुपैयाँ आम्दानी भयो । त्यस्तै हिलेदेवी गाविसको एक हजार ४० रुपैयाँ आम्दानी भएको नयाँ पत्रिकामा खबर छ ।

जिल्लामा ५५ वटा गाविस छन् । सबै गाविसको स्रोत कमजोर भएको जिविसले जनाएको छ । जिविसको तथ्यांकअनुसार सबैभन्दा बढी आन्तरिक स्रोत भएको गाविस मन्थली हो । मन्थलीको गत वर्षको आम्दानी पाँच लाख ६८ हजार आठ सय १६ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment