Comments Add Comment

भारतसँग २०० मेगावाट बिजुली किन्ने तयारी

All about light: from bulbs to art१४ असोज, काठमाडौ । सरकारले भारतबाट थप दुई सय मेगावाट विजुली किन्ने प्रक्रिया सुरु गरेको छ । हिउँदमा लोडसेडिङ अवधि दैनिक १२ घण्टाबाट बढ्न नदिन नेपाल विद्युत प्राधिकरणले गत वर्षभन्दा बढाएर बिजुली किन्ने तयारी अघि बढाएको हो ।

थप बिजुली आयातनिम्त भारतीय सीमा क्षेत्रका प्रसारण लाइन मर्मत र स्तरोन्नति गर्न प्राधिकरणले भारतीय सरकारी अधिकारीसँग वार्ता गरिरहेको नागरिक दैनिकमा खबर छ । विद्युत ब्यापार कर्पोरेसन (पीटीसी) सँग यसबारे वार्ता गर्न प्राधिकरण प्रसारण निर्देशनालयका निमित्त उप-कार्यकारी निर्देशक कन्हैयाकुमार मानन्धर, इन्जिनियर अनिल राजभण्डारी र मनिलनिधि तिवारी नयाँ दिल्ली पुगेका छन् ।

भारतीय उर्जा मन्त्रालयका अतिरिक्त सचिव देवेन्द्र चौधरीको संयोजकत्वमा थप विजुली ल्याउनेबारे आइतबार र सोमवार वार्ता भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment