Comments Add Comment

वार्सिलोनामा सांगितिक कार्यक्रम गरिदै

बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज स्पेनले युरोपमा रहेका नेपाली कलाकारहरुलाई समेत समेटेर बार्सिलोनामा सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

स्पेन, डेनमार्क, जर्मनी र नेदरल्याण्डमा रहेका नेपाली कलाकारहरुको समेत सहभागिता रहने गरि कार्यक्रम आयोजना गर्न लागेको हो । बिदेशिएका नेपाली कलाकारहरुको योग्यता र क्षमता पनि प्रचुर रहेको भन्दै युरोपमा रहेका नेपाली कलाकारहरुलाई एउटै मञ्चमा उभ्याउन लागिएको आयोजकले जनाएको छ । सोमबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएका हुन् ।

कार्यक्रम सफल बनाउनको लागि समाजका उपाध्यक्ष पुरुषोत्तम भट्टराईको संयोजकत्वमा ५ सदस्यीय साँस्कृतिक उपसमिति गठन गरिएको छ। समितिको सदस्यमा अर्का उपाध्यक्ष भरतराज न्यौपाने, महासचिब तुलसी शिवाकोटी, कोषाध्यक्ष संजयबिक्रम शाह, र सचिब अनिनास सिंह रहेका छन्।

सांगीतिक कार्यक्रममा पनि उपसमितिका रहेका यी सबै कलाकारहरु लगायत स्पेनबाट सुरज मैनाली, बिष्णु रानाभाट, अभिषेक जंग राणा, बिपिन गुरुङ, सुष्मिता गिरी, दिव्या भण्डारी र सोनिया खत्रीको पस्तुति रहने समाजले जनाएको छ ।

नेपालीहरुको महान पर्व दीपावलीको उपलक्ष्यमा अक्टोबर २६ तारिख बार्सिलोनामा हुने कार्यक्रममा डेनमार्कबाट राजमान तामाङ्ग, प्रशान्तराज बानिया, दुर्गा बराईली,जर्मनीबाट आश्मा कडेल र नेदरल्याण्डबाट सरिता हुमागाई लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ । कार्यक्रममा नेपाली कलाकार समाजका केन्द्रिय प्रतिनिधिहरुको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।

युरोपमा रहेका नेपाली कलाकारहरुको जमघटमा कार्यक्रम आयोजना गरी म्युजिकल ब्याण्ड स्थापना गर्ने समाजको योजना छ । समाजले आफ्नो प्रस्तुतीसँगै बार्सिलोनामा सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेपछि ईनास म्युजिकल ब्यान्ड स्पेनको अवधारणा ल्याउने आयोजकको भनाई छ ।

नेपालबाट स्थापित कलाकार आएमा बढी महित्व दिने तर विदेशमै रहेका स्थापित कलाकारहरु समेत छायाँमा पर्ने गरेको भन्दै प्रतिभावान कलाकारहरुलाई स्थापित गर्ने आफूहरुको लक्ष्य रहेको आयोजक नेपाली कलाकार समाज स्पेनका महासचिव तुलसी शिवाकोटीले बताए । युरोपमा प्रतिभावान कलाकारको सांगीतिक जमघटले कलाकारहरु सबै एकजुट छौ भन्ने सन्देश दिइने उनले बताए ।

केही समय अगाडी चर्चित गायक राजु लामाले बार्सिलोनामा लाईभ कन्सट गर्दा बार्सिलोनाकै कलाकार अनिनास सिंहले लिड गितार बजाएर हामी सक्षम छौ भन्ने परिचय दिईसकेका संयोजक पुरुषोत्तम भट्टराईले बताए ।

-बसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment