Comments Add Comment

एनआरएन थाइल्याण्डका उपाध्यक्षद्वारा आत्महत्या

Dil bahadur

बैंकक । गैरआवासीय नेपाली संघ थाइल्याडका उपाध्यक्ष दीलबहादुर थापा (हरी)ले आत्महत्या गरेका छन् ।

उनले थाइल्याण्डस्थित आफ्नै कार्यालयको सौचालयमा सोमवार पासो लगाई आत्महत्या गरेका हुन् । थापाले पारिवारिक असन्तुष्टीको कारण आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख गरेका छन् ।

आफ्नी थाइ श्रीमतीसग कुरा नमिलेको कारण जनाउँदै थापाले आफूले हिम्मत हारे पनि छोरालाई बहिनीको हेरविचार गर्न समेत सुसाईट नोटमार्फत आग्रह गरेका छन् । थापा थाइल्याण्डका ब्यवसायीसमेत हुन् । उनले थाइल्याण्डमा नै फुड कम्पनी सञ्चालन गर्दै आएका थिए ।

चियङमाईस्थित रोयल फ्लोरा नेपाली गार्डन बनाउदादेखि हरेक सामाजिक क्रियाकलापमा अग्रणी रहेका थापा दुई कार्यकाल एनआरएन थाइल्याण्डका उपाध्यक्ष रहेका थिए । बाग्लुङ जिल्लामा जन्मिएका थापा १५ बर्षदेखि थाइल्याण्डमा रहँदै आएका थिए ।

एनआरएन थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले सोमवार विज्ञप्ति जारी गरी थापाको निधनले सिंगो एनआरएनलाई क्षति पुर्याएको जनाएका छन् । थाइ प्रहरीले घटनाबारे अनुसन्धान प्रक्रिया अगाडी बढाएको एनआरएन थाइल्याण्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment