Comments Add Comment

कविता – हाम्रो दशैँ

राकेश कार्की

चाड यो साझा हाम्रो संस्कृति

हामी संपूर्ण नेपालीको गर्व

तराई पहाड हिमाल हाँस्ने

हाम्रो दशैँ सद्भावको पर्व

 

बर्खाको बिदाइ शारदीय घाम

मालश्री राग स्त्री शक्तिको पूजा

देश-बिदेश घर सम्झिने फर्किने

लाउने खाने र लिङ्गे पिङको मजा

 

कावा खाइरहेका चङ्गाहरु सङ्गै

उडेका मनमा सांस्कृतिक सुगन्ध

टीका जमरा बडाको आसिक

हार्दिक औ जीवन्त सम्बन्ध

 

धान पहेंलपुर मादलका ताल

परिवार र आफन्तजनको भेला

शरीरमा नयाँ जोश उत्साह

राष्ट्र नै सुन्दर दशैँको बेला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment