Comments Add Comment

इटालीले नेपालको पर्यटन विकासमा सहयोग गर्ने

१४ असोज, काठमाडौं । इटालीले नेपालको पर्यटन विकासमा सहयोग गर्ने भएको छ । नेपालका लागि इटालीका राजदूत डानियल मानसिनीले आफ्ना नागरिकलाई नेपाल भ्रमण गराई पर्यटन विकासमा सहयोग गराउने बताए ।

नेपाल चेम्बर अफ कमर्सले सोमबार राजधानीमा गरेको छलफल कार्यक्रममा राजदूत डानियलले जलस्रोत, पर्यटन, खनिज र कृषि क्षेत्रको विकासका लागि लगानी गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ व्यापकता दिनु पर्ने र द्विपक्षीय हिततर्फ अग्रसर हुनुपर्ने बताए ।

नेपालमा विदेशी लगानी वृद्धि हुने क्रममा रहेको बताउँदै अध्यक्ष श्रेष्ठले जलस्रोत, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि, शिक्षा तथा स्वास्थ्य, व्यावसायिक कृषि आदि क्षेत्रमा लगानीका लागि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment