Comments Add Comment

नेपालको अन्तिम अवसर : सुशील कोइराला

pm

१४ असोज, बेल्जियम । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई शान्ति ,स्थायीत्व, लोकतान्त्रिक संविधान र विकास दिनका लागि अहिले अन्तिम अवसर प्राप्त भएको बताएका छन् ।

प्रधानमन्त्री कोइरालाले इजराइल सहित यूूरोप क्षेत्रमा कार्यरत नेपाली राजदूत र कुटनीतिक नियोक प्रमुखहरुको भेलालाई संबोधन गर्दै भने-‘यो अन्तिम अवसर हो । अब द्धन्द्ध भए मुलुकले धान्न सक्दैन । अवसरको सदूपयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री कोइरालाले संविधान आउने कुरामा ढुक्क हुुन आग्रह गर्दै भने-‘संविधान आउँछ आउँछ । शान्ति प्रकृया टुंगिन्छ भनेर कसैले विश्वास गरेको थिएन । त्यस्तो संवेदनशील र जटिल विषय वार्ता सहमति, सहकार्य, एकता र मेलमिलापबाट टुंगियो । हतियारको व्यवस्थापन भयो ।

लडाकुहरुको व्यस्थापन भयो । सत्यनिरुपण र वेपत्ता छानवीन आयोग गठनको प्रकृयामा छ । अब संक्रमणकालको अन्त्य हुन्छ । नेपालको भविष्य मैले उज्ज्वल देखेको छु ।’ मुलुकमा अवसर नपाएर ३५ देखि ४० लाख नेपालीहरु कामकालागि विदेशिन परेको यथार्थलाई ध्यानमा राखी मुलुकमा लगानी भित्र्याउन सशक्त ढंगले काम गर्न पनि राजदूतहरुलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री कोइरालाले पार्टीहरु झगडा गरेर पनि सहमतिमा पुगेका दृष्टान्त प्रस्तुत गर्दै संविधान आए पछि विकासको ढोका खुल्ने बताउँदै विदेशमा रहेका राजदूतहरुलाई नेपालमा लगानी भित्र्याउने वातावरण बनाउन आग्रह गरे । कोइरालाले भने -‘नेपालमा विकासको ढोका खुलाउनुपर्छ, यो काम सबैको काँधमा आएको छ । अव तपाइँहरुले पनि आ-आफ्ना क्षेत्रबाट तपाइँहरु रहनुभएको देशका लगानीकर्तालाई नेपालमा लगानी गराउन आग्रह गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment