Comments Add Comment

मधेसी र एमाओवादीले संविधान निर्माणमा अवरोध गरेः माधव नेपाल

१४ असोज, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपालले एमाओवादी र मधेसवादी दलले संविधान निर्माणमा अवरोध गरेको बताएका छन् । प्रतिपक्षमा रहेको माओवादी र अन्य मदेसवादी दलले पटकपटक संसद अवरुद्ध गरेर संविधान निर्माण प्रक्रिया तथा सरकारका अन्य गतिविधिमै प्रभाव पारेको आरोप लगाए ।

Madhav-Nepal-रौतहटको गौरमा रहेको नेपालकै निजी निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पहिलो सँविधान सभामा पनि अवरोध र विरोधकै कारण सँविधान जारी हुन नसकेको स्मरण गर्दै अहिले पनि एमाओवादीले नचाहिदो किचलो गरेर संसद अवरुद्ध पारेको बताए ।

एमाओवादीका प्रत्येकलाई भागबण्डा मिलाउन अरु दलले मान्नु पर्ने कुनै आवश्यक्ता नभएको भन्दै नेता नेपालले समस्या नै एमाओवादी पार्टी रहेको बताए ।

एमाले अझै पनि सात प्रदेशकै पक्षमा रहेको र शासकिय स्वरुपका सवालमा जनप्रतिनिधिमूलक प्रणालिका पक्षमा रहेको बताउदै उनले यहि असोज महिनाको अन्त्य सम्ममै माघ ८ ले सँविधान दिने कि नदिने भन्ने कुरा प्रष्ट हुने दाबी गरे । माघ ८ मा संविधानको सम्भावना रहेको बताउदै उनले अझै पनि एमाओवादी र मधेशी दललहरुले समयमै देशका बारेमा सोच्नु पर्ने आवश्यक्ता रहेको बताए ।

नेता नेपाल दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन सोमबार रौतहट पुगेका छन् ।
गौतम श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment