Comments Add Comment

डिभिजन थ्रीको पहिलो खेलमा नेपालले युगाण्डासँग खेल्ने

फाइल फोटो
फाइल फोटो

१४ असोज, काठमाडौं । आगामी महिना मलेसियामा हुने आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले पहिलो खेलमा युगाण्डासँग खेल्ने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मंगलबार खेल तालिका गरेको छ, जसमा पहिलो दिन अक्टोबर २३ अर्थात कात्तिक ६ गते नेपाल र युगाण्डा किनरारा ओभलमा भिड्नेछन् । बमुर्डा र अमेरिका तथा मलेसिया र सिंगापुरको खेल पनि छ ।

आफ्नो दोस्रो खेलमा नेपालले ७ गते बर्मुडासँग सेलोङ्गर टर्फ क्लबमा खेल्नेछ । ८ गते रेष्ट डे छ । ९ गते नेपाल र सिंगापुरको खेल बायुमास ओभलमा छ ।

कात्तिक १० गते नेपाल र अमेरिकाको खेल छ । यो खेल किनरारा ओभलमा हुनेछ । ११ गते फेरि रेष्ट डे राखिएको छ । १२ गते नेपाल र घरेलु टोली मलेसिया भिड्नेछन् ।

१३ गते उपाधि भिडन्त हुनेछ । समूह चरणका पाँच खेल सकिँदा शीर्ष स्थानमा रहेका टीम डिभिजन टुमा बढुवा हुनेछन् भने उपाधिका लागि पनि खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहेको टोली डिभिजन थ्रीमा कायमै रहनेछन् भने पुछारमा रहने दुई टोली डिभिजन फोरमा घटुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment