Comments Add Comment

सिटी एकसप्रेसबाट पैसा पठाएर सीता आलेले सुनको सिक्री जितिन

१४ असोज काठमाडौं । विदेशबाट आफन्तले पठाएको पैसा सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट लिँदा धादिङ जोगीमारा-७ की सीता आले मगरले सुनको सिक्री पाएकी छिन् । सिटी एक्सप्रेसले सञ्चालन गरिरहेको पैसा हात-हातमा, उपहार आठ-आठमा अभियान अन्तर्गत तेस्रो सुनको सिक्री विजेता सीता आले मगरले आइतबार काठमाडौँ आएर सुनको सिक्री लिइन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा सीता आले मगरलाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सुनको सिक्री हस्तान्तरण गरे ।

हाम्रा ग्राहकसँगको ८ वर्षदेखिको सम्बन्धलाई यो अभियानले अझ बलियो बनाएको छ’ टण्डनले सिक्री हस्तान्तरण गर्दै भने-भरपर्दो सेवासँगै हामी उत्कृष्ट पुरस्कार पनि लिएर आएका छौँ ।’

८ वर्षदेखि विदेशमा नेपालीले कमाएको रकम भरपर्दो र सुरक्षित तरिकाले नेपालका आफन्तसम्म पुर्याउँदै आएको सिटी एक्सप्रेसले आफ्नो आठौँ वार्षिक उत्सवका अवसरमा यो अभियान सञ्चालन गरिरहेको छ ।

सिटी एक्सप्रेसमार्फत् पैसा पठाउने ग्राहकहरू यो अभियानमा सहभागी हुन पाउँछन् । सहभागीमध्येबाट लक्की ड्रमार्फत् हरेक दिन ८ जनालाई वाइन्ड प्रुफ ज्याकेट पाउँछन् । अहिलेसम्म ५  सय ७६ जनाले यस्तो ज्याकेट पाइसकेका छन् ।

हरेक ८ दिनमा एक जनालाई स्मार्ट फोन प्रदान गरिन्छ जसमध्ये दस जना विजेता घोषित भइसकेका छन् । प्रत्येक महिनाको ८ गते एक जनालाई एक तोला सुनको सिक्री पाउँछन् भने बम्पर उपहार अन्तर्गत आगामी चौथो महिनाको ८ गते एक जनालाई १५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन् ।

सिटी एक्सप्रेसले कतार, साउदी अरब, दुबई, मलेशिया, जापान, अमेरिका, जोर्डन, बेलायतलगायत संसारभरबाट पठाएको पैसा मुलुकभरका आफ्ना ३ हजार ५ सय शाखा सञ्जालमार्फत् वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment