Comments Add Comment

गभर्नर विदेशिएपछि कामु गभर्नरको कार्यालयमा धर्ना

nrb१४ असोज काठमाडौं । २५ दिनदेखि गभर्नरको कार्यालमा दैनिक दुई घन्टा धर्ना दिँदै आएका नेपाल राष्ट्र बैंकका कर्मचारीले गभर्नर डा. युवराज खतिवडा विदेशिएसँगै कामू गभर्नर गोपालप्रसाद काफ्लेको कार्यालयमा धर्ना सुरु गरेका छन् ।

विश्व बैंक र अन्तरािष्ट्रय मुद्रा कोषको वाषिर्क सभामा भाग लिन गभर्नर खतिवडा हिजो राती अमेरिका गएका थिए ।

माग सम्बोधन नगरी खतिवडा विदेश गएको भन्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघले कामू गभर्नर कार्यालयमा धर्ना दिनुपरेको संघका उपाध्यक्ष आरके पुडासैनीले अनलाईनखबरलाई जानकारी दिए । दशैपछि अझ कडा अान्दोलन गर्ने पुडासैनीले बताए ।

राष्ट्र बैंकभित्रको संस्थागत सुशासन बलियो हुनुपर्ने, राजनीतिक आस्थाका आधारमा कर्मचारीहरुलाई विभेद गर्न नहुने, कर्मचारी विनियमावली संसोधन गर्नुपर्ने लगायतका माग राखी कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

काफ्लेद्धारा दशैंको शुभकामना

नेपाल राष्ट्र बैंकका कामू गभर्नर गोपालप्रसाद काफ्लेले दशैंको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

‘नेपालीहरुको महान चाड बडादशैं २०७१ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदिबहीनी एवं समस्त बैंक तथा वित्तीय संस्था परिवारको  उत्तरोत्तर प्रगति, सुस्वास्थ दिर्घायु एवं सम्मृद्धिको हार्दिक मंगलमय शुभकाकामना’ काफ्लेद्धारा हस्ताक्षरित राष्ट्र बैंकको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment