+
+

एनएमबी बैंकमा पाथिभरा र भृकुटी डेभलपमेन्ट बैंक गाभिने

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १४ गते १४:२४

14१४ असोज काठमाडौं । एनएमबी बैंकमा पूर्वाञ्चलको पाथिभरा बिकास बैंक र पश्चिमाञ्चलको भृकुटी डेभलपमेन्ट बैंक गाभिने भएका छन् । मर्जसम्बन्धी सम्झौतापत्रमा एनएमबिका कमलेशकुमार अग्रवाल, पाथिभराका दिनानाथ दाहाल र भृकुटीका बाबुराम भट्टराईले हस्ताक्षर गरे ।

हाल एनएमवि बैंकले २९ वटा शाखा तथा २ एक्सटेन्सन काउन्टरहरुबाट बैंकिङ्क सेवा प्रदान गर्दै आएकोमा मर्जर भए पछि पाथिभराको १२ शाखा र भृकृटीको १६ शाखा र ३ एक्सटेन्सन काउन्टर समेत गरि कूल ५७ वटा शाखा र ५ वटा एक्सटेन्सन काउन्टरहरुको संजाल हुनेछ ।

हाल एनएमबि बैंकको ३३ वटा एटिएमहरु र पाथिभरा बिकास बैंकको १ वटा गरी जम्मा ३४ वटा एटिएमहरु संचालनमा रहेका छन् । यसरी शाखाको विस्तार भएपछि ग्राहक वर्गलाई सरल एवं पहुँच योग्य वित्तीय सेवा तथा सुविधा प्रदान गर्ने कार्यमा थप टेवा पुग्ने विश्वास बैकले लिएको छ ।

त्यसैगरि बैंकको कूल पूंजी तथा जगेडा कोषमा बृद्धि भई ३ अर्ब ६१ करोड रुपैयाँ हुनेछ भने निक्षेप र कर्जा क्रमशः ३३ अर्ब ६१ करोड र २५ अर्ब ५७ करोड रुपैयाँ  पुग्नेछ ।

मर्जपछि बैंकको नाम यथावतै एनएमवि बैंक लिमिटेड नै रहने सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?