Comments Add Comment

तक्मेलाई दशैंमा पाइन्ट च्यातिएको सम्झना

विजयादशमी आएसँगै विश्वभर छरिएर रहेका नेपालीहरुको चहलपहल पनि बढेको छ । विदेश गएका धेरै नेपाली नेपाल आएका छन् भने नेपालमै रहेकाहरु आफ्नो ढंगले मनाइरहेका छन् । यही अवसरमा कलाकारहरुले भने आफ्नो दशैको रमाइलो क्षणलाई यसरी संझिएका छन् ।

takmeविल्सन विक्रम राई (हाँस्य कलाकार)

दशै मान्न मामाघर गएको बेला मेरो जीवनमा एउटा रमाइलो याद आयो । टीकाको अघिल्लो दिन लिंगेपिङ खेल्दै थिँए । पिङको पिर्का बांगिएर चुच्चो परेको रहेछ, झर्ने बेलामा याद नै भएन । ओर्लिने समयमा हाम फाल्दा प्यान्ट च्यातियो । पछाडि त ह्वाङगै भएको रहेछ ।

साथीहरु हाँस्न थालेपछि मलाई त लाज लागेर आयो । जसोतसो हातले छोपेर म मामाघर पुगेँ । टीकाको दिनमा नै लाउने मेरो पाइन्ट च्यातिएको थियो ।दशै भन्नसाथ मलाई च्यातिएको पाइन्ट नै याद आउँछ ।

basantaबसन्त सापकोटा (संगीतकार)

पहिलो पटक ससुरालीमा टिका थाप्न जाने खुशी फरक हुन्छ । पोखराबाट टीका थाप्न चितवन हुँदै इलाम पुग्नुपर्ने थियो । चितवनसम्म त प्राइभेट गाडीमा नै गइयो । तर त्यहाँबाट इलाम भने सार्वजनिक गाडीमा जानुपर्ने अवस्था आयो । असाध्यै घुँइचो थियो ।

जानै पर्ने भएकाले चितवनबाट झापाको बिर्तामोडसम्म उभिएर नै गएको थिए । निक्कै थाकिएपछि बिर्तामोडमा ३ घन्टा होटलमा आरामा गरि बल्ल मात्र ससुराली पुगेको थिए । यो कष्ट जीवनभर याद आउँछ ।

parmod-kharelप्रमोद खरेल (गायक)

आमा र म दशैको लुगा किन्न झापाको भद्रपुर बजार पुगेका थियौ । नयाँ लुगा नाप्ने समयमा लगाउँदा मैले खोल्न नै मानिन । बिच बाटोमा गाडी बिगि्रएपछि नयाँ लुगा लगाएर हिड्दै घर आउँदै थियौ । बाटोमा म चिप्लिए । छेउमा नहर भएकाले निहुरिएर हात खुट्टा पखाल्दै  थिए । म त झ्वाम्मै नहरमा खसे । तर, आत्तिएर म बाहिर निस्केछु । मलाई ज्यान बचाएकोमा भन्दा पनि नयाँ लुगा फोहर भएको रुन मन लाग्यो । आमाले फेरि अर्को जोर कपडा किनिदिनुभयो । निक्कै खुशी भएको थिएँ ।

dayahangदयाहाङ राई (कलाकार)

वि.सं २०५८ सालको दशैमा गाउँ जान खोज्दा टिकट काट्ने पैसा नभएर जान सकिन । सबैजना आ-आफ्नो सामान बोकेर दशैमा गाउँ र्फकदा मेरो मन निक्कै कुडिएको थियो । भोजपुरस्थित मेरो घरमा बा, आमा, भाइबहिनीको खुबै याद आएको थिाये । तर,  पैसा भिलेन बन्दा घर जाने सपना पुरा भएन । यसपछि मलाई पाँच बर्ष गाउँ नै टेक्न मन लागेन ।

badri-pangeni-288x255बद्री पंगेनी (लोक गायक)

म विदेशमा खासै दशै मनाउने कलाकार होइन । तर, ४ बर्षअघि कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया जानै पर्ने भयो । आयोजक नारायण दाई र भाउजुको हातबाट टिका थापे । त्यो साल सिड्नीमा नै दशै मनाइयो । अष्ट्रेलियामा दशै मनाएर हामीले खुबै नाचगान गरेका थियौ । तर, पनि मलाई दशै विदेशमा नेपालको जस्तो रमाइलो लागेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment