Comments Add Comment

मलेसिया र दुबईका नेपाली कामदारमार्फत सुन तस्करी

gold१५ असोज, काठमाडौं । वैदेशिक रोजगारमा मलेसिया र दुबई गएका कामदारलाई भरिया बनाएर सुन तस्करी हुन थालेको छ । घर फर्कने क्रममा उनीहरुलाई तस्करले सुन बोकाएर तस्करी गर्न थालेका हुन् ।

प्रहरीले यसरी सुन तस्करी गर्ने सिन्धुपाल्चोकका उमेश गुरुङलाई ३५ किलो सुनसहित पक्राउ गरृेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार बेलुका उनलाई महाराजगन्जबाट पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

मलेसियाबाट फर्किएका कामदारले ल्याएको सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिएर फर्कँदै गर्दा गुरुङ पक्राउ परेका हुन् । मलेसियाबाट फर्किएका दुई कामदारले सुनको विस्कुट गुरुङलाई ल्याइदिएका थिए ।

ठूलो मात्रामा सुन तस्करी गर्दा प्रहरीले पक्राउ गर्न थालेपछि वैदेशिक रोजगारीमा गएका कामदारलाई प्रयोग गरी सानो मात्रामा सुन तस्करी हुन थालेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की भन्छन्-‘सुन तस्करीको नयाँ तरिका फेला परेको छ, सुरक्षित तस्करी गर्न यस्तो तरिका अपनाएको हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment