Comments Add Comment

बन्दीले आफूले रोजेको कानुन व्यवसायीलाई खुल्ला भेट्न पाउने

Hatkadi१५ असोज, काठमाडौं । थुनामा रहेका बन्दीलाई आफूले रोजेको कानुन व्यवसायीसँग खुला भेटघाट गर्न दिन महान्यायधिवक्ताको कार्यालयले कारागार व्यवस्था विभागलाई परिपत्र गरेको छ । परिपत्रमा बन्दी भेटघाटमा अवरोध नगर्न विभागमार्फत मुलुकभरका जेल प्रशासनलाई परिपत्र गर्नसमेत भनिएको छ ।

नख्खु कारागारसहित अन्य बन्दीगृह र हिरासतमा रहेका बन्दीलाई भेटघाट गर्न एवं प्रवेशमा रोक लगाएको भन्दै कानुन व्यवसायीले आपत्ति जनाउँदै आएको अन्नपूर्ण पोस्टमा खबर छ ।

उपत्यकाबाहिरका बार एकाइबाट समेत कानुन व्यवसायीलाई बन्द भेट्न नदिँदा गम्भीर समस्या उत्पन्न भएको भन्दै समाधान निकाल्न नेपाल बारसँग आग्रह भएको थियो ।

बारले संविधानमा व्यवस्था भएअनुरुप कारागार र हिरासतमा रहेका बन्दीलाई भेट्न नदिएको भन्दै महान्याधिवत्ताको कार्यालयलाई लिखित उजुरी गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले अन्तरिम संविधानको धारा १३५ को उपधार ३-ग)ले दिएको अधिकार प्रयोग गर्दै कारागार व्यवस्था विभागलाई परिपत्र गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment