Comments Add Comment

बुधबारका छापामा मुख्य खबर

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संविधानसभा अन्तर्गतको संवाद समितिले फेरिपनि सहमति जुटाउन असफल भएको, फेरि कार्यतालिका फेरिने सम्भावना रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले शीर्ष नेताको दसैंको खबर, मलेसिया र दुबईका नेपाली कामदारमार्फत सुन तस्करी भएको, त्रिविका विद्यार्थी, शिक्षक र कर्मचारीले निःशुल्क उपचार सेवा पाउने खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले प्रधानन्यायाधीशमा अनुमोदन भएका शाहले कुनै पनि स्वतन्त्रता सीमाबिहीन नहुने बताएको, उपचार अधिकार नेताको मात्रै कि असहाय बालकको पनि शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले मालसिरी धुन गुन्जिएसँगै दसैं आएको, प्रधानन्यायाधीशमा साह अनुमोदन भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3http://www.onlinekhabar.com/wp-content/uploads/2014/10/1.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment