Comments Add Comment

नेपाल अफगानिस्तानसँग ८ रनले पराजित

फाइल फोटो
फाइल फोटो

१५ असोज, काठमाडौं । एसियन खेलकुद अन्तर्गत दक्षिण कोरियामा जारी पुरुष क्रिकेट तर्फको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल ८ रनले पराजित भएको छ । दक्षिण कोरियाको इन्छनमा बुधबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ८ रनले पराजित गरेको हो ।

पहिले व्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफि व्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा १ सय ११ रनमा समेटिएको थियो ।

अफगानिस्तानका लागि मोहमद सेहजादले ४२ रन जोडे भने मोहोमद नाबीले १८ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका शक्ति गौचन र सागर पुनले ३/३ विकेट लिए । यसैगरी, सोमपाल कामी र बसन्त रेग्मीले १/१ विकेट झारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment