Comments Add Comment

प्रधानमन्त्री कोइराला र लक्जमबर्गका प्रधानमन्त्रीबीच भेटवार्ता

१५ असोज, लक्जेमबर्ग । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले लक्जेमबर्गका प्रधानमन्त्री जाभियर वेटेलसँग भेटवार्ता गरेका छन् ।

लक्जमबर्ग सहरस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार भएको भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको संविधान निर्माण र शान्ति प्रक्रियामा युरोपेली सङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले लक्जेमबर्गका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री वेटेलले निम्तो स्वीकार गरेको भेटवार्तामा सहभागी परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

व्यापार, लगानी र पर्यटनबाट सम्बन्ध सुदृढ

भेटमा लक्जमबर्गका प्रधानमन्त्री वेटेलले नेपाललाई युरोपेली संघ र गैरसरकारी संस्थामार्फत सहयोग पुर्‍याइँदै आएको जानकारी दिँदै व्यापार, लगानी र पर्यटनका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो तुल्याउन प्रयत्न गरिने बताएका थिए ।

उक्त भेटपछि प्रधानमन्त्री वेटेलले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री कोइराला सहभागी भएका थिए ।

लक्जमबर्ग पश्चिम युरोपस्थित भूपरिवेष्ठित मुलुक हो । विश्व बंैकको तथ्याङ्कअनुसार लक्जमबर्गको जनसङ्ख्या पाँच लाख ४३ हजार २ सय २ छ । यहाँका जनताले प|mान्सेली, लक्जेमबर्गिस र जर्मन भाषा बोल्ने गर्छन् । लक्जमबर्ग युरोपको महत्वपूर्ण वित्तीय केन्द्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment