Comments Add Comment

दिनमा सयपटक चरमोत्कर्ष आउने पुरुषका व्यथा

ad_146676654

यौनमा चरम आनन्द आउनु यौन स्वास्थ्यको एउटा सूचक हो । तर त्यस्तो चरम आनन्द सम्भोग वा मैथुनका बेला आउनुपर्छ । बेला न कुबेला आउने चरमउत्कर्षले मानिसलाई ठूलै समस्यामा पार्छ ।
अमेरिकाका एक पुरुषका लागि आफ्नौ यौन उत्तेजना जिन्दगीमा सबैभन्दा घाँडो मात्र भएको छैन जिउँदै मरेतुल्य बनाइदिएको छ ।

३७ वर्षे डेल डेकरलाई हरेक दिन कम्तिमा पनि १ सय पटक चरमउत्कर्ष प्राप्त हुन्छ ।

उनलाई यस्तो समस्या उत्पन्न भएको दुइ वर्ष भैसक्यो । पर्सिस्टेन्ट जेनिटल एरोउजल सिन्ड्रोम नामको रोगका कारण उनलाई यस्तो भएको हो । कुर्सीबाट उठ्ने क्रममा चिप्लिएर लडेपछि उनलाई यस्तो समस्या देखिएको थियो ।

उनलाई आफ्ना बुवाको अन्तिम संस्कार बेला समेत यौन उत्तेजना शत्रु बन्यो । बुवाको लासलाई सदगदका लागि लैजान लाग्दा उनलाई चरम उत्कर्ष पैदा भयो । उनी मलामीलाई विदा गरेर घरमै बस्न बाध्य भए र उनलाई लगातार नौ पटक चरम उत्कर्ष प्राप्त भयो ।

‘बुवालाई विदा गरेर नौ पटक चरम उत्कर्ष भोग्नु’ उनी भन्छन्, ‘सम्झनुस् त आफ्नो परिवार सँगै रहेको बेलामा यस्तो हुँदा कस्तो होला ? साँच्चीकै अब जिन्दगीभर यौन उत्तेजना नहोस् भन्ने लाग्छ ।’
यौन उत्तेजना भन्ने विषय सामान्यतया आनन्ददायी भएपनि आफ्नो लागि चरमआनन्द पीडाको विषय बनेको उनी बताउँछन् ।

यस्तो लाजमर्दो समस्याका कारण उनी आजकल घरभित्रै बन्दी जस्तो भएका छन् । बाहिर हिडिरहेको बेला चरमोत्कर्ष पैदा भयो भने त्यसले लाजमर्दो हुने र रमितेले गिज्याउने डर उनमा छ ।

डेलकी श्रीमती एपि्रल तथा दुइजना छोरा छन् । ३३ वर्षकी एपि्रलले सबै कुराका लागि सघाउन पर्छ डेललाई । श्रीमानको त्यो अवस्थाका कारण उनलाई परिवार धान्नै गाह्रो भएको छ ।

डेलको लिंग प्राय उत्तेजित भैरहेकै हुन्छ । तर उनकी श्रीमतीसँग विरलै मात्र सम्भोग हुन्छ । श्रीमती भन्छिन्, ‘हामीले श्रीमान श्रीमतीबीच हुने कार्य गर्नुभन्दा जुन चिजले दुबैलाई असर गर्दैन सोही चिजमा सम्झौता गर्न थालेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment