Comments Add Comment

कञ्चनपुरका निःशुल्क घट्टा, पीठो पिसाउन पैसा लाग्दैन

१५ असोज, कञ्चनपुर । चुरेको फेदीमा रहेको कञ्चनपुरको धारापानी गाउँका बासिन्दाले पीठो पिसाउँदा पैसा तिर्दैन । पत्यार नलाग्न सक्छ कुरा साँचो हो ।

ghataत्यहाँका बासिन्दाले खोलामा बनाएको घट्टमा निःशुल्क रूपमा १० वर्षभन्दा बढी समयदेखि पीठो पिसाउँदै आएका छन् । पैसा नभएर घट्टमा त्यहाँका बासिन्दाले पैसा नतिरेका होइनन् ।

स्थानीय बासिन्दाले धारापानी खोलाको एक किलोमिटर टाढाबाट ल्याइएको कुलो श्रमदानमा मर्मत गर्ने कार्य गर्दै आएकाले पीठो पिस्ने कार्य निःशुल्क गरिएको हो ।

गाँउमा बस्दै आएका २२ वटै परिवारका सदस्यले प्रतिवर्ष श्रमदानमा कुलो मर्मत गरिदिने भएकाले सबैलाई पीठो पिस्न निःशुल्क गरेको घट्ट सञ्चालक खडक सिह रावलले बताए । ‘घट्टको ‘जतरा’ मर्मतका लागि भन्दै केहीले पीठोको केही हिस्सा छाड्ने गरेका भए पनि हालसम्म कसैबाट पीठो पिसाएबापत शुल्क लिएको छैन’ उनले भने ।

‘घट्ट नभएको भए १० किलोमिटर टाढाको झलारीमा पिठयूँमा अन्नको भारी बोकेर पीठो पिसाउनु पथ्र्यो’ स्थानीय मोहन महराले भने्-‘प्रत्येक वर्ष कुलो मर्मत गरी पीठो पिस्न पाएका छौँ, त्यो पनि निःशुल्क ।’
विसं २०४० देखि रावल परिवारले धारापानी खोलामा पीठो पिस्नका लागि घट्ट राखेका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment