Comments Add Comment

२० जुवाडेलाई २० हजार जरिवाना

juwa-ko-khal

१५ असोज, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका २० जना जुवाडेलाई प्रतिव्यक्ति एक हजार जरिवाना गरी रिहा गरेको छ ।

सो कार्यालयबाट आज प्राप्त जानकारी अनुसार लेटाङ गाविस-६ स्थित होटल दर्शनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ती जुवाडेलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएकोमा उनीहरूलाई प्रतिव्यक्ति एक हजार जरिवाना गरिएको हो ।

जुवामा बरामद गरिएको नगद रु ९७ हजार राजस्वमा दाखिला गरेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment