Comments Add Comment

भत्ता पाएपछि वृद्धवृद्धा र एकल महिलामा खुसीयाली

१५ असोज, परासी । सरकारले दसैँको मुखमा वृद्धवृद्धा, एकल महिला, अपाङ्गलगायतका लागि सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नवलपरासीका वृद्धवृद्धा, एकल महिलामा खुसीयाली छाएको छ ।

नवलपरासीको विभिन्न नगरपालिका र गाविसले मङ्गलबारमात्र सबै स्थानमा भत्ता वितरण गरेको हो ।

सरकारले दसैँलाई लक्षित गरी देशभरका गाविस तथा नगरपालिकामार्फत भत्ता वितरण गरेको हो ।

यसैबीच नवलपरासीको जमुनिया गाविसले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा जमुनियाका वृद्धवृद्धा, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको दसँै भने खल्लो हुने भएको छ ।

सरकारले दसैंलाई लक्षित गरी भत्ता निकासा गरे पनि गाविसले भत्ता वितरण नगर्दा उनीहरू आक्रोशितसमेत भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment