Comments Add Comment

महँगियो खसी बजार, दुई घण्टामै रु एक लाख हातमा

goat-sales-at-khadya-sanstha,-thapathali

१५ असोज, जुम्ला । विगत एक दुई वर्षदेखि चीनबाट भेडा आउन छोडेपछि अहिले जुम्लाको खसी बजार अत्यन्तै महँगो भएको छ । जुम्लामा बर्सेनि लाखौँ भेडा भित्रिने भए पनि यतिबेला भने खसीको पनि हाहाकार रहेको छ ।

न्यूनतम आठ हजारभन्दा माथिका खसी पनि भनेजति पाउन छोडेपछि दसैं मनाउनेहरूमा उत्साह देखिएको पाइँदैन । यसपालि हदै टाढाबाट आएका खसी भनेकै बाजुरा जिल्लाका हुन् । खसी अत्यन्तै महँगो भएपछि गरिबले टाउकामा हात लगाउन सिवाय अरु केही सीप नभएको र गरिबका लागि दसैँ दशा नै बनेको स्थानीय भद्रवीर नेपालीले बताए ।

जुम्लामा खसी अत्यन्तै कम भित्रिएपछि साहुहरूले भने आफूले मागे जति मूल्य पाउन थालेका छन् । रारालिही- ५ जुम्लाका हर्कबहादुर बोहराले रु २५ हजारसम्ममा भेडा पाइएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै महत गाविस- ६ का कात्तिके महतले दुई घण्टामा रु एक लाख पाँच हजार हातमा पार्न सफल हुनुभयो । भेडा भनेजति आउन नसकेपछि क्रेताहरू खोसाखोस गर्न थालेका छन् । खसी किन्न भनेर आएका मान्छेको जमातले जुम्ला सदरमुकाम खचाखच छ ।

यसपटकको दसैँमा सप्तमीसम्म पनि अन्य जिल्लाबाट भेडा आउन सकेनन् । बजारमा स्थानीय जातका भेडा मात्र जताततै भेटिएको अवस्था छ । स्थानीय भेडाको मूल्यले आकास छोएपछि त्यसको मार हुँदा खानेलाई चरम रुपले परेको छ ।

अहिले चीनबाट पनि भेडा नआउने भए पनि रु एक करोडभन्दा बढीको कारोबार हुन सक्ने आँकडा उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ ।
जुम्लमा जुम्लाकै सिंजा क्षेत्र, चौधबीस र पाँचसय भेकका खसीमात्र भित्रिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment