Comments Add Comment

विदेशमा रहेका सम्पूर्ण नेपालीले राजदूत सरह नै लगानी भित्र्याउनुहोस्ः प्रधानमन्त्री

susil-koirala१६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले विदेशमा भएका सम्पूर्ण नेपालीले राजदूत सरह नै नेपालमा लगानी भित्र्याउनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिई स्वदेश र्फकने क्रममा बेल्जियममा रहेका प्रधानमन्त्री कोइरालाले यहाँ भेला भएका गैरआवासीय नेपाली सङ्घका पदाधिकारी र त्यहाँ रहेका नेपाली समुदायलाई सम्बोधन गर्दै भने -‘मुलुकको विकासको लागि सबैपक्षको सहयोग आवश्यक छ, नेपालमा लगानीका लागि राम्रो वातावरण बन्दै गएको छ, शान्ति सुव्यवस्था कायम रहेको छ, विदेशमा बस्नुभएका सबै नेपालीले मुलुकमा लगानी भित्रयाउन राजदूत सरहकै भूमिका निर्वाह गर्नुपर्छ ।’

विद्युत विकाससम्वन्धि सरकारको पछिल्लो निर्णयसँगै नेपालमा अन्र्तराष्टिय समुदायका लागि लगानीको ढोका खुलेको प्रधानमन्त्रीको भनाई छ ।

प्रस्ताविक नयाँ संविधानमा लोकतान्त्रिक मूल्यमान्यता अनुरुप शक्तिपृथकीकरण, स्वतन्त्र र जिम्मेवार न्यायालय, संसदप्रति उत्तरदायी सरकारलगायतको प्रावधान राख्ने पाटोमा विशेष ध्यान पुर्‍याइने बताउँदै कोइरालाले भष्टाचार नियन्त्रण र विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए ।

सो अवसरमा गैर आवासीय नेपाली सङ्घ र विभिन्न सम्पर्क समितिका पदाधिकारीले बेल्जियममा नेपालीको अवस्था र भोग्न परेको कठिनाई समाधानका लागि सरकारले गर्नुपर्ने पहलका बारेमा ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment