Comments Add Comment

प्रधानमन्त्री कोइराला आज स्वदेश फकँदै

pm१६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा भाग लिन न्यूर्योक गएका प्रधानमन्त्री सुशील कोइराला आज अपरान्ह स्वदेश फर्कदैछन् ।

प्रधानमन्त्री कोइरालाले गत शुक्रबार महासभालाई सम्बोधन गरेका थिए । महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा कोइरालाले जलवायु परिवर्तन र सुरक्षा परिषद्सम्बन्धी सम्मेलनमा समेत सहभागिता जनाएका थिए ।

महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तनबाट मानव र प्रकृतिमा देखापरेको असरलाई घटाउने तथा जनसङ्ख्या व्यवस्थापन र विकाससम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।

साथै भूपरिवेष्ठित र अल्पविकसित मुलुकले प्राप्त गर्नुपर्ने सुविधालगायतका विषयमा पनि नेपालले राष्ट्रसङ्घमा कुरा उठाएको छ ।

एक साता लामो न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री कोइरालाले राष्ट्रसङ्घका महासचिव वान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद तथा श्रीलङ्काका राष्ट्रपति महेन्द्रा राजपाक्षसँग भेटवार्ता गरेका छन् ।

महासभामा भाग लिएर स्वदेश र्फकने क्रममा प्रधानमन्त्री कोइरालाले बाटोमा पर्ने युरोपेली मुलुक बेल्जियम र लक्जम्बर्गको तीन दिने भ्रमणसमेत गरेका छन् ।

सोही क्रममा कोइरालाले युरोपियन काउन्सिलका अध्यक्ष र कमिसनका अध्यक्षसँग भेटघाट गरे ।

प्रधानमन्त्री कोइराला महासभामा भाग लिन यही असोज ३ गते २२ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment