Comments Add Comment

कलियुगका धृतराष्ट्रः ३७ वर्षमै २६ लालाबाला

dhitra
उनको उमेर जम्मा ३७ वर्षको छ । तर उनी २६ जना छोराछोरीको बाउ बनिसकेका छन् । कलियुगका यी धृतराष्ट्र बेलायतका हुन् । उनको उमेर बढ्दैजाँदा बच्चाहरुको संख्या समेत बढ्दै गइरहेको छ ।

माइकल रेडम्यान नामका ती मर्दका छोरा १३ र छोरी १३ जना छन् । उनले यतिधेरै बच्चा कुनै एक जना श्रीमतीसँग वर्षौँटे पाएर बनाएका होइनन् । विभिन्न ९ जना महिलासँगको सम्बन्धबाट जन्माएका हुन् ।

पूर्व सैनिक समेत रहेका रेडम्यानले अहिले गाडी चलाउने काम गर्छन् । रेडम्यानले पछिल्लोपटक अलग अलग ३ महिलाबाट ३ जना बच्चा जन्माएका छन् । तिन मध्ये दुइ जना महिला उनका भतिजी नै हुन् ।

रेडम्यान सरेको आसस्थित एक भव्य बंगलामा आफ्नी पछिल्ली श्रीमतीसँग बस्छन् । पछिल्ली श्रीमतीसँग उनका  ७ जना बच्चा छन् । जसमध्ये एक जना छोरी ९ महिनाकी छिन् ।

सन् १९७६ मा २१ वर्षको छँदा पहिलोपटक उनले आफ्नी पहिलो श्रीमतीबाट छोरी जन्माएका थिए । त्यसपछि विभिन्न ८ महिलासँग अवैध सम्बन्ध कायम गरी उनले थप २५ सन्तान जन्माए ।

वास्तवमा रेडम्यानले युवतीहरुसँग अफेयर चलाउँदै गर्भवती बनाउँदै गर्दा रहेछन् ।   तर ती महिलाहरु सबै गुमराहमा रहे । जब रेडम्यानको असली रुप पत्ता लाग्यो तब उनीहरु छाँगाबाट खसेझैँ भए । र उनलाई सराप्दै आफ्नो बाटो लागे ।

उनले सन् १९८८ मा ३ जना, १९९१ मा २ जना तथा सन् १९९८ मा २ जना बच्चा जन्माए । ५८ वर्षका रेडम्यानका सन्तान मध्ये सबैभन्दा जेठीको उमेर ३८ वर्ष र कान्छो सन्तानको उमेर ९ महिना छ ।

यी सबै करतूतका बाबजुत रेडम्यानले राम्रैसँग जागिर गरेर घरमा रहेकी श्रीमती तथा बच्चाहरुको पालन पोषण गरिरहेकै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment