Comments Add Comment

अध्ययन भन्छः मानव इतिहासमै महिलाको संख्या बढि

women
विश्वमा पुरुषको तुलनामा अहिलेपनि महिलाको जनसंख्या बढि छ । अहिलेमात्र होइन मानव इतिहासको हरेक कालखण्डमा पुरुष भन्दा महिलाको संख्या बढि रहेको तथ्य एक नयाँ अनुसन्धानले पुष्टि गरेको छ ।

जर्मनीका वैज्ञानिकहरुले विश्वका विभिन्न ५१ जनसांख्यिक समूहका ६ सय २३ जना पुरुषको डिएनए को विश्लेषण गरी यस्तो निष्कर्ष निकालेका हुन् ।

त्यसक्रममा वैज्ञानिकहरुले हरेक पुरुषबाट डिएनएको नमूना लिए, र बुवाबाट सरेकेा वाइ क्रोमोजोम सँग आमाबाट सरेको एम टी डिएनए सँग तुलना गरे ।

यस आनुवंशिक खोजबाट बहुपत्नी प्रथाको प्रमाण समेत प्राप्त भयो । जसका कारण विश्वको जनसंख्यामा पुरुषको तुलनामा महिलाको आनुवंशिक योगदान बढि हुन गयो ।

शोधकर्ताहरुका अनुसार मानव इतिहासमा पुरुषको तुलनामा महिलाहरु नै बढि बसाइसराइ गर्ने गरेका छन् । त्यसक्रममा पोथी माइटोकोन्डि्रएल डिएनए टाढा टाढा सम्म फैलाउनुका साथै जनसंख्यिक समूहबीचको आनुवांशिक विविधता समेत घटाउने काम गरेका छन् ।

जर्मनीको म्याक्स प्लांक इन्स्िटच्युट अफ इभोलुसनरी एन्थ्रोपोलोजीका मुख्य शोधकर्ता मार्क स्टोनेकिङका अनुसार मानव इतिहासमा पुरुषको तुलनामा  महिलाको जन्म धेरै भएको छ ।
यस सम्बन्धि शोधपत्र इन्भेस्टिगेटिभ जेनेटिक्स जर्नलमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment