Comments Add Comment

नुवाकोटमा पशुवली घट्यो

१६ असोज, नुवाकोट । यसवर्ष बडादसैंको क्रममा नुवाकोटका विभिन्न शक्तिपीठहरुमा पशुवली घटेको छ ।

धर्मका नाममा पशुलाई बलि दिन नहुने आवाज चौतर्फी रुपमा उठिरहेको समयमा नुवाकोटका प्रमुख शक्तिपीठहरु यसवर्ष पशु बलीमा ठूलो सङ्ख्याले गिरावट आएको हो । जिल्लामा रहेको जालपादेवी मन्दिर, भैरवी मन्दिर, पञ्चकन्या, निरञ्जना, कुमरीमाई, बेल्कोटगढी लगायतका शक्तिपीठहरुमा वडादशैको अबशरमा महाअष्टमीका अवसरमा दिने पशुबलिको सङ्ख्यामा कमी आएको हो ।

सर्वसाधारणले पशु अधिकारका पक्षमा सचेत हुंदै पशुको बदलामा अन्य वस्तु चढाउन थालेका कारण पशु्बली घटेको भैरवी मन्दिरका पुजारी हरिमानसिंह डंगोलले बताए ।

विभिन्न मन्दिरमा वर्षाैदेखि संलग्न पुजारीहरुका अनुसार पछिल्ला चार वर्ष यता पशुबलिको सङ्ख्यामा कमी आएको हो ।
नुवाकोटको मुख्य भैरवी मन्दिरमा विगत ६४ वर्षदेखि पुजारी धामी भई काम गर्दै आउनुभएका हरिमानसिंह डङ्गोलका अनुसार अहिले अधिकांश दर्शनार्थीले पशुबलीको सट्टा नरिवल चढाउने गरेका कारण पशुबली घटेको हो ।
कपिलदेव खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment