Comments Add Comment

गोली प्रहारबाट एक घाइते

gun१६ असोज, विराटनगर । सप्तरीको कल्याणपुर-४ मा बुधबार राति अपरिचित समूहले एक युवकमाथि गोली प्रहार गरी घाइते बनाएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार कल्याणपुर-४ बस्ने ३० वर्षका मोहमद सम्सुल मियाँलाई अपरिचित समूहले राति १० बजे गोली प्रहार गरी घाइते बनाएको हो ।

घर नजिकैको खोलामा शौच गरेर फकर्ंदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनको दाहिने पाखुरामा गोली लागेको छ ।

इलाका प्रहरी कल्याणपुरबाट गएको प्रहरी टोलीले मियाँलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा गोली प्रहार गर्ने समूहको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment