Comments Add Comment

यश र मोक्ष पाउन ५० भन्दा बढीले जिब्रो छेडे (फोटोफिचर)

bageswori1

आरपी सुवेदी

१६ असोज,नेपालगन्ज । हिन्दूहरुको ठूलो पर्व दसैंको नवमीको दिन नेपालगन्जको बागेश्वरी मन्दिरमा जिब्रो छेडिएको छ ।

घटस्थापनाको दिनदेखि निराहार ब्रत बसेर नवमिको दिन नेपालगन्जको बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्नेको घुईचो लाग्ने गरेको छ ।

नेपालगन्जको बागेश्वरी मन्दिरमा दसैंै सुरुहुने दिन अर्थात घटस्थापनाको दिनदेखि निराहर ब्रत बसेर आफ्नै जिब्रो तिखो धातुले छेडेने परम्परा रहे अनुसार यसवर्ष पनि करिव १ सय ५० बढिले जिब्रो छेडेको मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले जानकारी दिए । उनी भन्छन्-‘ चैते दसैंमा वडा दसैंमा भन्दा पनि धेरैले जिब्रो छेड्ने भएकोले यस्ता भक्तहरुको संख्या बढी हुन्छ । यहाँ जिब्रो काटेर चढाउने पनि चलन रहेको छ । तर गत वर्ष त्यस्ता भक्तहरु गम्भीर समस्यामा परेर अस्पतालनै भर्ना हुन परेकोले यो वर्ष चाहि जिब्रो काट्न बन्देज लगाईएको छ ।’

bageswori2

नेपालगन्जमा रहेको वागेश्वरी मन्दिरमा हरेक वर्ष जिब्रो छेडने परम्परा नै बनि सकेको छ । खासगरी अवधि र केहि थारु समूदायका व्यक्तिहरुले वडा दसैंै र रामनवमिमा नौ दिनसम्म निराहार ब्रत बसेर जिब्रो छेड्दा घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने यश र मोक्ष पाईने धार्मिक कथन अनुसार सानैदेखि आफूले जिब्रो छेड्न थालेको बाँक हिरमिनिया-२ का छत्तर माहुत बताउछन् । उनी हाल आफ्नो जीवनको ७४ औं खुड्किलो पार गर्दै गरेका उनले आफ्नो जीवनकालमा कटिपटक जिब्रो छेडे आफुलाई नै सम्झना नरहेको बताउने उनले आफु जन्ने भएदेखि नै छेड्दै आएको बताउछन् ।

आफ्नो उमेर बढ्दै गएकोले गत वर्षदेखि उनले सोहि ठाँउ कै २० वर्षका रामरुप माहुत र लतिराम माहुतलाई आफ्ना शिष्य समेत बनाएको बताए । उनीहरुले पनि गत वर्षदेखि नै ब्रत बसेर गुरु छत्तरले जस्तै गरी जिब्रो छेड्ने गरेको बताए ।

bageswori3

जिब्रो छेड्नेहरु हरेक वर्ष आफनो घर परिवारको सुःख, शान्ति, स्वस्थ्यको साथै धन आर्जन गर्नको लागि विशेष भाकल गर्ने र सो भाकल पुरा गर्न चैते दसैं सुरु हुने दिनदेखि निराहर ब्रत बसेर नवमिको दिन पाँच पटकसम्म जिब्रो छेड्ने गर्छन् । अचम्म यो छ तिखो धातुले उनीहरुले जिब्रो छेड्दा रगत देखिदैन र छेडेको घाउ पनि विसाउँदैन ।

बाँके सोनपुर गाविस बठवाका तिरथराम यादवले विगत ५ वर्षदेखि पारिवारीक सुखको लागि घरमै जिब्रो छेडेर घरबाटै पैदल बागेश्वरी आउने गरेको बताए । उनको घरबाट मन्दिरको दुरी करिव दुई घण्टाको पैदल यात्रामा तय गर्न सकिन्छ । बेलहरीका जोडदार यादव पनि देउतालाई खुसि पार्न र दैवि शक्ति हासिल गर्ने उद्देश्यले हरेक वर्ष जिब्रो छेड्दै आएको बताए । उनले भने-‘आज पनि छेड्दै छु । हरेक वर्षको ठूलो दसैं र चैते दसैंमा मैले दिनमा धेरैपटक जिब्रो छेडने गरेको छु ।’

खजुराका सिताराम यादव ५ वर्षको उमेरदेखि छेड्दै आएको बताए । उनीहरुले छेड्न एउटै धतुको सियो प्रयोग गर्ने र ईन्फेक्सन नहुने बताए । धार्मिक परम्परा अनुसार बगेश्वरी मंदिरमा आएर पुजापाठ गर्नेहरुको भिडभाड निकै बढेको छ ।

bageswori4

bageswori5

bageswori6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment