Comments Add Comment

क्यानाडामा बस्ताकोटीको ‘गजल स्पर्श’ विमोचन

0क्यानाडा । गजलकार ॠषि बस्ताकोटीको एल्बम गजल स्पर्श विजयादशमीको अवसरमा आयोजित एक समारोहकाबीच क्यानाडाको क्याल्गेरी शहरमा विमोचन गरिएको छ ।

क्याल्गेरीस्थित स्प्रिङ्ग वूड् सामुदायिक भवनको सभाकक्षमा आयोजित समारोहमा कार्यक्रममा बारिष्ठ समालोचक निनु चापागाइले बस्ताकोटीको एल्बम गजल स्पर्शको विमोचन गरेका हुन् ।

विमोचन मन्तव्यको क्रममा उहाले ‘गजल स्पर्श’ भित्र सुन्दर र कर्णप्रिय गजलहरू रहेकोले यसले श्रोताहरूको मन जित्ने विश्वास व्यक्त गरे । उनले एल्बममा संग्रहित गजलहरू अत्यन्त सुन्दर र मर्मस्पर्शी रहेको, झन त्यसमा उपयुक्त संगीत र लोकप्रिय गायकगायिकाहरूको स्वरले अझ श्रुतिमिठास भरिएको बताए ।

करिव दुई दशक पहिलेदेखि साहित्यिक कर्ममा लागेका बस्ताकोटी सामाजिक चेत भएका साहित्यिक व्यक्तिको रुपमा आफुले पाएको र उनको व्यक्तित्व र कृतित्वकावीच तालमेल भेटेकोले आफू बस्ताकोटीबाट प्रभावित भएको समालोचक चापागाइले बताए ।

1विमोचन समारोहमा क्याल्गेरी नेपाली सामुदायिक संस्थाका अध्यक्ष प्रेमचन्द्र गुरुङ्ले आफ्नो संस्थाले विजयादशमीको पवित्र समयमा यो एल्बम बिमोचन कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा गजलकार बस्ताकोटीले एल्बमको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम नेपालको ग्रामीण भेकका आर्थिक-सामाजिक रुपमा पछी परेका बालबालिकाहरूको शिक्षामा पहुच बढाउनको लागि खर्च गरिने जानकारी दिए ।

एल्बममा ॠषि बस्ताकोटीको एकल शव्द र गैरे सुरेशको एकल संगीत रहेको छ भने नेपालका चर्चित गायक गायिकाहरूको स्वर रहेको छ । चेरी फुल्दा परदेशमा (निशा देशार), ओखती छ तनको बिरामीलाई (मनोजराज), दुःखमा जो साथी हुन्छ (दीपक लिम्बु र सुजाता उप्रेती), आयौ तिमी एकान्तमा (रीमा गुरुङ), तिम्रो दुःख मेरो दुःख ९सत्यराज आचार्य र आकांक्षा बस्यालको युगल स्वर एल्बमभित्र समेटिएका छन् ।

विमोचनको समयमा एल्बम बिक्रिबाट तीन सय क्यानेडियन डलर (नेपाली रुपैया छब्बिस हजार दुई सय) उठेको र सो रकमबाट चितवनको सिद्धी गाबिस लोकन्तीस्थित प्राथमिक विद्यलयमा अध्ययन गर्ने विपन्न चेपाङ बाल बालिकाहरूलाई विद्यालयमा खाजा खुवाउनको लागि सहयोग स्वरुप प्रदान गरिने कुरा गजलकार बस्ताकोटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment