Comments Add Comment

मध्यपूर्वको लडाइँमा ओबामाको रणनीति

पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले सुरु गरेको इराक युद्धबाट लक्ष प्राप्त नभएपछि यतिबेला मध्यपूर्वमा अमेरिकी प्रभुत्व स्थापित गर्न बाराक ओबामाले लडाइँ जारी राखेका छन् ।

Barack Obamaविश्व व्यापार संगठनको भवनमा भएको सेप्टेम्बर ११ सन् २००१ को आक्रमणलाई तत्कालीन अमेरिकी राष्ट्रपति बुसले आफ्नो देशको सैन्य क्षमताको अपराजेयता प्रमाणित गर्ने अवसरको रुपमा प्रयोग गरेका थिए ।

सन् २००३ मा इराकमा हस्तक्षेप गर्दाको पूर्वसन्ध्यामा बुसले युद्धको विभिषिकालाईर् उत्सुकताकासाथ स्वागत गरेका थिए । र, चिच्याउँदै भनेका थिए, ब्रिंग इट अन । तर, उनले त्यो कुरामा दूरदृष्टि पूराउन सकेनन् र अमेरिकी हस्तक्षेपको नौं वर्ष भैसक्दा पनि अमेरिका मध्यपूर्वमा आफ्नो पकड मजबूत बनाउने लक्ष्यमा सफल हुन सकेको छैन ।

तर, यो वर्षको युद्ध र सेप्टेम्बर ११ को मनस्थिति भने फरक छ । जतिबेला राष्ट्रपति बाराक ओबामाले इराकमा अमेरिकी नेतृत्वको नयाँ युद्धको घोषणा गर्दै थिए, यो समयमा ‘ ब्रिंग इट अन’ भनेर चिच्याउनेहरु इस्लामिक छन् । र, उनीहरुले मान्छेका टाउको छिनाल्दै यस्तो संकेत गरिरहेका छन्, जसले अमेरिका र उसका सहयोगीको विरुद्धमा कालो झण्डा उठाइरहने छ ।

वास्तवमा अझैसम्म पनि यो युद्धको बुझाइ तथा यसका जोखिमको विश्लेषण समेत पर्याप्त नहुँदै र खास रणनीतिको समेत अभाव हुँदाहुँदै ओबामाले यो नयाँ युद्धको घोषणा गरेका छन् ।

त्यहाँ निकै कम मात्र विकल्प थिए : अलकायदाको आक्रमणको तुलनामा अहिलेको इस्लामिक स्टेट मध्यपूर्वको वर्तमान संरचना तथा अमेरिकी साम्राज्यको स्वार्थसँग मिल्नेखालको पुनर्संरचनाका लागि बढी चुनौतिपूर्ण छ ।

ओबामाले घोषणा गरेका छन्, ‘इस्लामिक विद्रोहीको अस्तित्वलाई सखाप पार्नका लागि हाम्रो हवाइ शक्ति प्रयोग गर्ने तथा इराकी भूमिमा रहेका सहयोद्धा बललाई सहयोग गर्ने निरन्तर तथा अथक प्रयास रहनेछ ।’

ओबामाका अनुसार अमेरिका र उसका सहयोगी राष्ट्रका लागि खतराको रुपमा रहेका आतंककारीहरुलाई निर्मूल पार्नका लागि साझेदारहरुलाई अग्रपंक्तिमा सहयोग गर्नु अमेरिकाको रणनीतिक हो, जुन यमन र सोमालियामा वर्षौंदेखि प्रयोग हुँदै आएको छ ।

अमेरिका अहिले यस्तो चुनौती स्वीकार गर्न बाध्य भएको छ, किनकी इस्लामिक स्टेट यस्तो संगठित, एकत्रित तथा आक्रामक शक्ति बनेको छ, जसले मध्यपूर्व र त्यसबाहिर समेत अमेरिकी प्रभुत्वमाथि चुनौती खडा गरेको छ ।

वास्तवमा यदि इस्लामिक अतिवाद अमेरिकाको मुख्य चासो हुन्थ्यो र क्षेत्रिय प्रभुत्वको चाहना हुँदैनथ्यो भने अमेरिकाले सद्दाम हुसेनलाई पतन गराउने तथा बसर अल असदलाई निसाना बनाउने थिएन ।

अहिले अमेरिका तथा सिरिया र इरानबीच जुन स्वार्थको मिलान भएको भए पनि अमेरिकालाई सीरिया र इरानमाथि धम्क्याउने र षड्यन्त्र गर्न लगाउने तत्व लोप भैसकेको छैन ।

इजरायल वास्तवमा कोठामा थुनिएको हात्ती हो । अमेरिकी सम्पत्ति हो । जुन, अहिले झनै टड्कारो बनेको छ । यो अमेरिकी विरोधाभाषको प्रतिनिधि हो, जसले इराकलाई गाजाकरण गर्न मध्यपूर्वी गठबन्धन बनाउने तथा सुन्नी समुदायविरुद्ध अमेरिकी ड्रोन र बमद्वारा असदका ब्यारेल बम प्रतिस्थापन गर्न चाहन्छ ।

अमेरिकी रक्षामन्त्री जोन केरीले विश्वको सबैभन्दा माथिल्लो सुन्नी समुदायको संस्था अल अजरको आशिर्वाद गठबन्धनलाई दिलाउनका लागि इजिप्टका शासकलाई निर्देशन दिएका छन् । तर, यसले धार्मिक मान्यता आवश्यक पर्ने मध्यपूर्वका पूरातनपन्थी शासनलाई नयाँ राजनीतिक तथा धार्मिक जिहादी मार्गतर्फ डोर्‍याउला भन्ने ग्यारेन्टी छैन ।

अमेरिकाले झनै अस्थिरताको जोखिम स्वीकार गर्नु र इजिप्ट, जोर्डन, लेवनान, अल्जेरिया तथा खाडीका राजतन्त्रात्मक मुलुकलाई गठबन्धनमा समावेश गर्ने प्रयास गर्नु बाध्यकारी ठानेको छ । यसो गर्नुको उद्देश्य तत्कालका लागि इस्लामिक स्टेटलाई धक्का दिनु मात्र नभएर इस्लामिक स्टेट जस्तो जिहादी समूह अमेरिकामाथि निर्भर मध्यपूर्वका देशहरुका लागि सबैभन्दा ठूलो खतरा समेत बन्दै गएको छ ।
अमेरिकी रणनीतिको दोश्रो पक्ष भनेको कुर्दिस क्षेत्रीय सरकारको फौजलाई  बल पुर्‍याउनु पनि हो, जो इराकको केन्द्र सरकारको नियन्त्रणमा रहेको किर्कुक सहर कब्जा गर्ने संघर्षमा केन्दि्रत भैरहेको छ ।
तर, कुर्दलाई संरक्षण गर्नुमात्र पनि अमेरिकी लक्ष्य होइन । अमेरिका र उसका सहयोगीहरुले कुर्द फौजलाई ठूला हातहतियार दिएकै छैनन् । यदि दिएमा टर्की बेखुस हुनेछ । धार्मिक तथा जातीय अल्पसंख्यकलाई संरक्षण गर्नु औपनिवेशिक त्यसपछिको कालखण्डमा हुने हस्तक्षेपको निकै गलत निहुँ बन्दै आएको इतिहास छ ।

ओबामाका बगदादी साझेदार अर्थात् तेस्रो पक्ष हैदर अल अवादी हुन् । उनी अमेरिकाले खडा गरेको इराकी सरकारका प्रधानमन्त्री हुन् र उनले अमेरिकाले नै पहिले खडा गरेका र पछि दुत्कारेका प्रधानमन्त्री नुरी अल मलिकीलाई प्रतिस्थापित गरे ।

अवादीले अब आफ्नो फौजले फलुजामा गरिरहेको जस्तो अविवेकी आक्रमण नगर्ने घोषणा गरेका छन्, जहाँ बगदादको नरसंहारका कारण धेरै स्थानीय बासिन्दाहरुले इस्लामिक स्टेट विद्रोहीसँग मिल्न पुगे ।

अमेरिकाले धार्मिक सफायाप्रति अन्धदृष्टि लगायो, जसका कारण धेरै सुन्नीहरु बग्दादबाट लखेटिए, जतिबेला बगदाद अमेरिकाको नियन्त्रणमा थियो । र, पछिल्ला हप्ताहरुमा बढ्दै गएको आक्रामकताले धार्मिक सफायालाई अझै ठूलो स्तरमा लैजाने खतरा छ ।

यो सबै अमेरिकी युद्धको खास लक्ष्यको एउटा पाटो हो, जसमा कसैको जिउज्यानको रक्षा गर्ने कुरा समावेश छैन ।
-अ वर्ल्ड टु विनबाट भावानुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment