Comments Add Comment

गाई मारेको अभियोगमा तीन पक्राउ

२७ असोज, सोलुखुम्बु । चौरीखर्क-४ बस्ने पासाङ याङ्जी शेर्पाको एउटा गाई र एउटा गोरु चोरेर मारेको अभियोगमा बुङ-८ सोलुखुम्बुका रजप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।

असोजको पहिलो हप्ता नै गाई र गोरु मारेर फरार रहेका राईलाई प्रहरीले आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक योगबहादुर पालले जानकारी दिए ।

सोही घटनामा संलग्न बुङका गञ्जधन राई र चौरीखर्कका दावाकाजी शेर्पालाई असोज ८ गते नै पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको पालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment