Comments Add Comment

प्रहरी प्रधान कार्यालयले जितेन भूपू प्रहरीको मन

श्याम नेपाल, पूर्व डीआइजी
नेपाल प्रहरीको प्रधान कार्यलय काठमाडौा नक्सालमा अवस्थित छ । यसका मातहतमा पााच क्षेत्र र एउटा उपत्यका प्रहरी कार्यालय पर्दछन् ।

Shyam Nepalप्रहरी प्रधान कार्यालयभित्रै विभागहरु, माहाशाखाहरु तथा शाखाहरु छन् । आज करिव १ लाखभन्दा बढीजसो भू.पू प्रहरी कर्मचारीहरु छन्, जो राष्ट्रका लागि अनुभव बटुलेर निस्कादा प्रहरी प्रधान कार्यालयकै कर्मचारी थिए । आज उनीहरु छरिएर बसेका छन् । आफ्नो गुण, सीप तथा कृति लिएर बसेका छन् । तर राष्ट्रले उपेक्षित भावले निवृतीभरण मात्रै दिएर राखेको छ ।

यी पूर्व कर्मचारीहरुको प्रहरी प्रधान कार्यालयप्रति असाध्य ठूलो प्रेम छ । किनभने भू.पू कर्मचारीहरुको श्रम र पसीना प्रहरीको सबैजसो भौतिक पूर्वाधार तयार गर्दा लागेको छ ।

उदाहरणका लागि हाल प्रहरी महानिरीक्षकको निवास तयार गर्दा यो स्तम्भकारले पनि तालिमको अवस्थामा श्रमदान गरेको थियो । यसैगरी हजाराैं प्रहरी कर्मचारीहरुको श्रमदान सबै प्रहरी कार्यलयहरुमा छ । राष्ट्रिय प्रहरी प्रतिष्ठानको जिम हल बन्दा, खानेपानी ट्यांकी र अधिकृत मेस बन्दा वा अरु भवनहरु बन्दा पनि प्रहरीकै पसीनाबाट बनेको कुरा ताजै छ । नेपाल प्रहरीलाई भौतिक साधनबाट आत्मनिर्भर बनाउने सन्दर्भमा धेरै अधिकृतहरुको विशेष योगदान छ ।

पूर्वप्रहरी कर्मचारीको हकमा भर्खरै मात्र मध्यक्षेत्र प्रहरी कार्यालय हेटौाडाले आफ्ना मातहतका सबै जिल्लाहरुमा भू.पू प्रहरी सेल समेत गठन गरेको छ । यो अवश्य पनि स्वागतयोग्य नै छ । तर, आज तालिमप्राप्त कर्मचारीहरु सुरक्षा दिन विदेश पलायन भइरहेका छन् । यसरी दक्ष जनशक्ति देशबाहिर जानुभनेको राम्रो कुरा कदापि हैन । यस कुरालाई प्रहरी प्रधान कार्यालयले गहिरो अध्ययन गरी सरकारसमक्ष सुझाव दिनु पर्दछ ।

यत्रो दक्ष अनुभवी जनशक्तिलाई राष्ट्रले सम्बोधन गर्ने भनेर प्रहरी प्रधान कार्यालयले केही भूमिका निर्वाह गर्न सक्दछ । प्रहरी पुनर्मिलन समारोहदेखि बढी अहिलेसम्म खास केही भएको देखिादैन । यो पनि एउटा बसालिदिएको परम्परालाई धान्ने काम मात्रै भएको छ ।

आज प्रहरी प्रधान कार्यालयभित्रै थुपै्र समस्याहरु छन् । त्यसैगरी मातहतमा पनि समस्या रहेका छन् । यसमा पूर्व प्रहरी कर्मचारीहरुमा भएको अनुभवमात्रै लिन सकिए थुप्रै उपलब्धी हुने थियो ।

याद छ पूर्वडीआइजी मानबहादुर राई आइजीपीको प्रतिस्पर्धी हुनुहुन्थो र कारण बस डीआइजीमै अवकास पाएपछि उहाालाई आफ्नो अनुभव बताउन यो स्तम्भकार जनकपुरमा कार्यरत हुादा त्यहाा बोलाइयो । उहााले भनेका आफ्ना अनुभवहरु प्रहरीलाई उर्जाको रुपमा भयो । यस्तैयस्तै अनुभव जुम्ला, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज तथा अन्य जिल्लाहरुमा हामीले आफ्नो कार्यकालमा बटुलेका थियौं ।
कुरा आउाछ भूपू प्रहरी कर्मचारीको अनुभव किन ? आजका प्रहरी बर्दीधारी प्रहरी हुन् भने भूपू प्रहरी अनुभवी प्रहरी हुन् । त्यसैले पनि बर्दीधारी र अनुभवीवीच अन्तरक्रिया हुन आवश्यक छ । यसै सन्दर्भमा भू.पू कर्मचारीहरुको पनि एउटा संयन्त्र छ र केन्द्र, क्षेत्र, अञ्चल देखि जिल्ल्ाा स्तरसम्म पनि यसको कार्यसमिति गठन भएको अवस्था छ ।

अर्काे भाषामा वर्तमान प्रहरी संरचनाको छाया संरचना पनि हो । यसले उसैगरी सबै सम्भावनाहरुकोे अध्ययन गरेर प्रहरी प्रधान कार्यलयमार्फत राष्ट्रलाई केही दिन सक्छ । विडम्बनाको कुरा के भने कतिपय कार्यलयहरुबाट भू.पू प्रहरी कर्मचारीहरु जाादा अलि अपमानित अथवा उपेक्षित भावले हेर्ने गरेको पाइयो ।

उदाहरण दिादा काठमाडौा प्रहरी परिसर, ललितपुर प्रहरी परिसर र प्रहरी वृत सातदोबाटो छन् । यद्यपि पूर्व प्रहरी संघबाट यसबारे केही पहल भई प्रहरी प्रधान कार्यलयको ध्यान आकर्षण भएको अवस्था पनि छ ।

आज भूपू प्रहरीभित्र पनि धेरै समस्याहरु छन् । ती समस्याहरु राष्ट्रकै समस्या हुन् । त्यसमा प्रहरी प्रधान कार्यलयले अभिभावकत्व ग्रहण गरी चासो राख्नु आवश्यक छ । जस्तै यथोचित औषधि उपचारका समस्या, अपाङ्ग प्रहरीहरुको समस्या, सहिद परिवारको समस्या एवं अन्य समस्याहरु छन् । यसका लागि प्रहरी प्रधान कार्यालयबाट सम्पूर्ण भूपू प्रहरी कर्मचारीहरुको अभिभावक भई सामुहिक बन्धुत्व भावना राखी समस्याको समाधान खोजिनु पर्दछ ।

हरेक प्रहरी महानिरीक्षकबाट आफ्नो कार्यकालमा केही न केही योगदान कृतिका रुपमा छोडिएको हुन्छ । यसले राष्ट्रलाई, सरकारलाई तथा समाजलाई सघाउ पुग्दछ । प्रहरी संगठनमा प्रहरी महानिरीक्षक भनेको साहै्र नै अधिकार सम्पन्न प्रहरीको उच्च अधिकृत हो । उहााका राम्रा कुरा समाजमा आउनुपर्दछ । तर, विडम्बना, राजनैतिक अस्थिरताले हो वा नियतिले वा नियत नै त्यस्तो भएर हो, विगत धेरै वर्षयताका प्रहरी महानिरीक्षकज्यूहरुको आर्थिक आचरण चरम सीमा पारी नराम्रो हिसाबले पुगेको छ । यसमा सुधार आउनु परम आवश्यक छ ।

यसमा कसैलाई होच्याउन खोजेको हैन, मूलघरको चिन्ता गरेको मात्र हो । प्रहरी महानिरीक्षक विवादरहित हुन सकेमा जनविश्वास दरिलो हुन जान्छ, जसले गर्दा समस्त प्रहरी कर्मचारीहरु स्वतः अनुशासित हुन्छन् त्यसपछिमात्र भू.पू प्रहरी अधिकृतले पनि व्यक्तित्व विकासमा सघाउने ठाउा पाउछन् ।
प्रहरी संगठन वा प्रहरी भनेको नै मानवीय सम्वेदनशीलतासित गाासिएको संस्था वा व्यक्ति हो । यसमा भावनाहरु बगेका हुन्छन् । मानवीय मर्यादाको ख्याल हुन्छ । तसर्थ यस संस्थालाई व्यवस्थित बनाउनका लागि व्यक्ति व्यक्तिको भूमिका राम्रो हुनु पर्दछ । पूर्वप्रहरी कर्मचारीहरुले पनि आफुले नेतृत्व लिसकेका व्यक्ति भएको हाुदा हाल आएर पनि उनीहरुको समाजका विभिन्न वर्गसित अन्तरक्रिया हुन्छ । यदि यस्ता वर्गलाई राष्ट्रको मुल प्रवाहमा ल्याइयो भने नेपाल राष्ट्रलाई आशातीत सफलता हुन्छ ।

अब कुरा उठ्छ कसरी गर्ने ? प्रहरी प्रधान कार्यालयले पूर्व प्रहरी कर्मचारीहरुको ख्याल गरिरहनु पर्दछ । केन्द्रीय स्तरमा, क्षेत्रीय स्तरमा र जिल्ला स्तरमा विभिन्न कार्यक्रम मार्फत पूर्व र वहाल वाला प्रहरी कर्मचारीको एक आपसमा अन्तरक्रिया आदि कार्यक्रम गरेर एक हुने अथवा नजिक हुने कार्यक्रम गरिरहुन पर्दछ ।

प्रहरी प्रधान कार्यालयका कतिपय समस्याबारे पूर्वप्रहरी कर्मचारीले पनि बोलेर वा लेखेर सरकारसमक्ष पुर्‍याउने अवस्था पर्न सक्दछ । यी सबै कुराको भलिभााती एवं तारतम्य मिलाउन प्रहरी प्रधान कार्यालयको भूमिका उल्लेख्य रहन्छ ।

प्रहरी संगठन नै मेरो वर्तमान हो भने पूर्वप्रहरी संगठन नै मेरो भविष्य हो भन्ने कुरामा कुनै दुईमत रहादैन । तसर्थ वर्तमान र भविष्यको एकरुपता भएमा सााचै नै अद्वितीय फाइदा राष्ट्रले पाउन सक्दछ ।

प्रहरी प्रधान कार्यालयले आफ्नो भविष्य पनि भू.पू हुने हो भन्ने सोचेर काम गर्दा वर्तमान प्रहरी र भू.पू प्रहरीमा धेरै फरक रहादैन । आज भू.पू प्रहरीहरु देशका कुना काप्चामा सानो ठूलो व्यवसाय गरेर भए पनि बसेका छन् । तर, प्रहरी संगठनलाई यसको लिपिबद्ध जानकारी नभएको हुन सक्दछ ।

देशका जल्दाबल्दा चुनौतीहरु च्ााहे आम निर्वाचन होस्, वा राजनीतिक उतार-चढावको समय होस, चाहे आतंककारी गतिविधिमा होस्, चाहे अन्य समयमा होस पूर्व कर्मचारीले राष्ट्रलाई अवश्य सघाउनु पर्दछ । प्रहरी प्रधान कार्यालयले पनि यसका लागि आफ्नो तर्फबाट यथेष्ठ भूमिका निर्वाह गर्नुपर्दछ ।

एक लाखको हाराहारीमा रहेका पूर्वप्रहरी कर्मचारीहरुलाई अपराध नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पूर्व प्रहरी कर्मचारीहरुलाई सघाउने वातावरणमा ल्याउनु पर्दछ ।

राष्ट्रका सामु धेरै चुनौतीहरु छन् । प्रहरी कल्याण कोष दुखको समयमा खडा भएको कोष हो । हामी सबैको घटीबढी पसिना त्यस कोषमा जम्मा छ । यस स्तम्भकार ले पनि सेवा निवृत भएपछि पनि रकम उपलब्ध गराएको छ । भू.पू हरुको पेन्सनसाग थोरै भएपनि रकम थपिदिने व्यवस्था भए भू.पू हरुको मन जित्न सकिन्छ । समष्टिगत रुपमा भू.पू प्रहरीहरुको अभिभावक प्रहरी प्रधान कार्यालय बन्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment