Comments Add Comment

महिला कर्मचारीको डिम्ब संचय गर्न फेसबुक र एप्पलको अनौठो योजना

eggफेसबुक र एप्पल कम्पनीले आफ्ना महिला कर्मचारीहरुलाई सन्तान उत्पादन तर्फ नभै आफ्नो करिअरमा केन्दि्रत बनाउनका लागि विशेष योजना ल्याएका छन् । दुबै कम्पनीले महिला कर्मचारीलाई आफ्नो ‘डिम्ब चिस्यान’ का लागि आर्थिक प्रोत्साहनको अफर अघि सारेका हुन् ।

धेरै टेक कम्पनीहरुले सीमा नतोकिएको विदा, राम्रो कार्यवातावरण तथा पाँचतारे होटलका शेफले बनाएको खाना खुवाउने जस्ता अफर आफ्ना महिला कर्मचारीहरुलाई प्रदान गरिरहेका छन् । गुगलले कर्मचारीलाई मसाजका साथै कार्यस्थलमै लुगाफाटो धोइदिने सुविधा प्रदान गरेको छ, जसका कारण कर्मचारीहरु काममै रहून् ।

तर फेसबुक र एप्पलले भने यसबाट एक कदम अघि बढ्दै महिलाहरुलाई आफ्नो डिम्ब चिस्यानको योजना ल्याएका छन् ।
यसका लागि फेसबुक र एप्पलले आफ्ना महिला कामदारलाई २० हजार अमेरिकी डलर सम्मको आर्थिक सहयोग गर्नेछन् जसबाट महिलाहरुले आफ्नो डिम्ब संचय गरेर राख्न सकून् ।

आफ्नो करिअरलाई तत्कालका लागि निरन्तरता दिनुका साथै भविष्यमा चाहिएको बखत बच्चा समेत जन्माउन सकियोस् भन्ने चाहना भएका महिला कर्मचारीका लागि कम्पनीहरुको यस्तो अफर लाभदायी हुने देखिएको छ ।

समाचार अनुसार फेसबुकले हालै यो कार्यक्रम सुरु गरिसकेको छ भने एप्पलले आउँदो जनवरी देखि महिला कर्मचारीलाई डिम्ब संचयमा आर्थिक सहयोग सुरु गर्नेछ ।

‘उसाइट क्रायोपि्रजर्भेसन’ अर्थात् एग फ्रिजिङ यस्तो प्रक्रिया हो जहाँ सुविधा सम्पन्न ल्याबमा महिलाहरुको परिपक्व डिम्बलाई निकालेर चिस्यानमा सुरक्षित रुपमा संचय गरिन्छ । पछि महिलाले बच्चा जन्माउन चाहेको बेला उक्त डिम्बलाई विशेष विधिबाट महिलाको पाठेघरमा राखिन्छ, त्यसपछि ती महिलाले पुरुषसँगको संसर्गबाट गर्भाधारण गर्न सक्छिन् ।

कामकाजी महिलाहरुले आफ्नो महिनावारी सुकिसके पछिको उमेरमा समेत यो विधिबाट गर्भाधारण गर्नसक्ने बताइएको छ ।

विकशित देशहरुका महिलाहरुमा पछिल्लो समय डिम्ब संचयको चलन बढेको पाइएको छ । यस्तो संचित डिम्बबाट महिलाले गर्भाधारण गर्ने दर पनि उच्च रहेको पाइएको छ ।

यो निकै महंगो विधि भएपनि फेसबुक र एप्पलले आफ्ना प्रतिभावान महिला कर्मचारीहरु बच्चा जन्माउने बहानामा जागिर छाडेर नजाउन् भन्नका लागि यस नयाँ कार्यक्रममा लगानी गर्न तयार भएका हुन् ।

गैरचिकित्सा प्रयोजनका लागि आफ्ना महिला कर्मचारीलाई डिम्ब संचय सुविधा प्रदान गर्ने एप्पल र फेसबुक पहिलो मुख्य कम्पनी रहेको बिजनेस इनसाइडरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment