Comments Add Comment

सामसुङ ‘नोट-४’ सार्वजनिक, मूल्य ८६ हजार

samsung-Gyalexy-note-4-final-5काठमाडौं । प्रख्यात कोरियन स्मार्टफोन निर्माता सामसुङको ग्यालेक्सी नोट-४ नेपाली बजारमा भित्रिएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले भव्य समारोहबीच बिहीबार साँझ हायत होटलमा ‘नोट-४’ सार्वजनिक गर्‍यो ।

नेपाली बजारमा यसको मूल्य ८५ हजार ९ सय रुपैयाँ तोकिएको छ । सामसुङका स्मार्टफोन नेपाली ग्राहकमाझ लोकपि्रय रहँदै आएको छ । ग्यालेक्सी ‘नोट-४’ पनि ग्राहकहरुले रुचाउने विश्वास आइएमएसले व्यक्त गरेको छ ।

यसभन्दा अगाडी नेपालमा सन् २०११ मा ग्यालेक्सी नोट, २०१२ मा नोट-२, सन् २०१३ मा नोट-३ भित्रिएको थियो ।

‘नोट-४’ मा आकर्षक डिजाइनका साथसाथै नयाँ तथा अत्याधुनिक उपयोगी विशेषताहरु थपिएका छन् । विदेशी सञ्चारमाध्यमहरुले ‘नोट-४’ र केही दिन अगाडी सार्वजनिक गरिएको एप्पलको ‘आइफोन-६’ बिचमा कडा प्रतिस्पर्धा हुने समचारहरु प्रकाशित गरिरहेका छन् ।

samsung-Gyalexy-note-9

आकर्षक डिजाइन

आकर्षक मेटल फ्रेम र फ्ल्युड कर्भेचरसहित आएको ‘नोट-४’ मा माबलियो २.५ डि ग्लास प्रयोग गरिएको छ । साथै, यसको पछाडीको बनावटले राम्रो पकड र अत्याधिक नियन्त्रण दिनेछ ।

जीवन्त तस्वीरको अनुभव

नोट-४ मा रहेको ५.७ इन्चको क्वाड एचडी सुपर एमोलेड डिस्प्लेले यसमा रहेका तस्वीरहरु हेर्दा, वेब चलाउँदा, र इ-बुकहरु पढ्दा उत्कृष्ट अनुभव दिने दाबी कम्पनीले गरेको छ ।

सजिलो मल्टि-टस्किङ

यस स्मार्टफोनमा एउटै स्क्रिनमा धेरै एप्लिकेशन एकैपट सजिलैसँग चलाउन सकिन्छ । जसले गर्दा प्रयोगकर्तालाई सहज अनुभव हुने छ ।

samsung-Gyalexy-note-4-final-7

स्पष्ट तस्वीर तथा वाइड सेल्फीमोड

नोट-४ मा पछाडी १६ मेगापिक्सेल र अगाडी ३.७ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । जसले गर्दा स्पष्ट र जीवन्त तस्वीरहरु खिच्न सकिन्छ ।

ब्याक क्यामेराको ठूलो ९० डिग्रीको एङ्गलले धेरै साथीहरुसँग मिलेर कसैलाई नछुटाइ सेल्फीलिन मिल्छ । साथै, क्यामेरालाई दायाँबाट बायाँ सार्दा १२० डिग्रीसम्म एङ्गल हुन्छ र प्यानारोमा सेल्फीलिन पनि सकिन्छ ।

आधुनिक रेकर्डिङ तकनिक

तीनवटा माइक्रोफोनको मद्दतले ८ विभिन्न दिशाबाट आवाज रेकर्ड गरी चाहेको दिशाको रेकर्डिङ छानेर सुन्न सकिन्छ ।

साथै, इन्टरभ्यू मोडमा कुनै एक ठाउँबाट आएको आवाजलाई अन्य अनावश्यक आवाजहरु क्यान्सल गरी रेकर्ड गर्न पनि सकिन्छ । जसले गर्दा हल्लाखल्लाको बिचमा पनि आफुलाई चाहिएको आवाजमात्र सहजै रेकर्ड गरेर सुन्न सकिने छ ।

samsung-Gyalexy-note-4

विकशीत एस पेन

नोट-४ मा भएको अझ विकसित एस पेनले वास्तविक पेनको अनुभव दिलाउने कम्पनीले दाबी गरेको छ । साथै, अझ सुधारिएको प्रसेसर संवेदनशीलताले अझ राम्रो डिजिटल अक्षर प्रदान गर्नेछ ।

सजिलै अक्षर वा सामग्री सेलेक्ट गर्न सकिने

कम्प्युटरको माउस जतिकै सटीकता भएको एस पेनबाट म्यासेज स्त्रिmन वा कुनै पनि एपबाट सजिलै सेलेक्ट गर्न सकिन्छ ।

फोटो नयाँ तरिकाले टिपोट गर्न मिल्ने

फोटो खिचेर फोटो नोटको माध्यमबाट एनालगलाई डिजिटलमा परिवर्तन गर्न मिल्नेछ । टिपोट गरिएको कुरा त्यसछि एस पेनले सजिलै सम्पादन गर्न सकिन्छ ।

न्यूनतम चार्जिङ समय

शून्यदेखि ५० प्रतिशत चार्ज पुग्न (साधारणतया ५५ मिनेट लाग्ने प्रकृया) केवल ३० मिनेटमात्र लाग्ने छ । साथै, एकदमै कम चार्ज भएमा अल्ट्रा पावर सेभिङ मोडबाट ब्याट्रि लाइफ लम्ब्याउन मिल्छ ।

samsung-Gyalexy-note-4-final-10

अझ विकसित एस गियर

मोबाइलबीना नै एस गियरबाट फोन गर्न, रिसिभ गर्न र मेसेज पठाउन सकिन्छ । भिडभाडमा रहेका बेला फोन उठाउन र स्कर्ट लगाएका लेडिजहरुलाई एस गियरले ठूलो लाभ दिन सक्नेछ ।

तीन कलर

सामसङ ग्यालेक्सी नाेट-४ विभिन्न तीन कलरमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार व्हाइट, ब्ल्याक र गोल्ड कलरमा नोट-४ उपलब्ध छ ।

अन्य सुविधा

नोट-४ १५ महिना इएमआईमा उपलब्ध छ ।  यसको खरिदमा ग्राहकहरुले ६ जीबी एनसेलको डाटा सित्तैमा पाउनेछन् ।

यसका साथै सामसुङका ब्राण्ड शपहरु दरबारमार्ग, पाको, खिचापोखरी, पोखरा, बुटवल र नारायणघाटमा ग्राहकहरुले पुरानो स्मार्टफोनसँग नोट-४ साट्न सक्ने बताइएको छ ।

samsung-Gyalexy-note-4-final-4  samsung-Gyalexy-note-4-final-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment