Comments Add Comment

पदमरत्न तुलाधर जनजाति आन्दोलनको सर्वसम्मत नेता

३० असोज, काठमाडौं । पहिचानसहितको संघीयताका लागि आदिवासी जनजातिले गर्न लागेको आन्दोलनको नेतामा नागरिक अगुवा पद्मरत्न तुलाधर सर्वसम्मत चुनिएका छन् ।

padhmaratna-tuladharकाठमाडौंको गोंगबुमा बिहीबार भएको जनजातिहरुको भेलाले तुलाधरलाई आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको सर्वसम्मत नेता घोषणा गरेको हो ।

उनलाई मञ्चमा सँगै रहेका संस्कृतिविद् सत्यमोहन जोशीले खादा लगाइदिए ।

भेलाले ४४ सदस्यीय राष्ट्रिय परिषद्समेत चयन गरिएको छ । परिषद्का सदस्यमा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ, एमाओवादीका सचिव वर्षमान पुन, कांग्रेसका नेता इन्द्रबहादुर राई, नेकपा-माओवादीका सचिव देवप्रसाद गुरुङ, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईलगायत नेता छन् ।

त्यस्तै अधिकारकर्मी मल्ल के सुन्दर, आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा, संस्थापक महासचिव सुरेश आलेमगर र पूर्वमहासचिव डा ओम गुरुङ तथा पेम्बा भोटेलगायत छन् ।

७४ वर्षको उमेरमा आन्दोलनको नेतृत्व गर्न तयार भएका तुलाधरले आन्दोलन सम्झौताविहीन हुने बताए । ‘हिजोसम्म लिन सकेनौं । सबै चुपचाप बस्यौं’ तुलाधरले भने-‘अब कसैले दिन होइन । जनता आफैंले लिने हो ।’

तुलाधरले गाउँ गाउँसम्म गएर गएर आन्दोलन उठाउने बताएका छन् ।  पहिचान स्थापित गर्न यो अन्तिम मौका भएको भन्दै उनले केहीदिनमा नै आन्दोलनको घोषणा गर्ने बताए । ‘समानताको कुरा उठाउँदा हामीलाई जातिवादी समेत भनियो’ उनले भने-‘अब बन्ने संविधानमा पहिचान भएन भने जातीय अस्तित्व नै मेटिने अवस्था आउँछ ।’

तुलाधरले मधेसी, दलितसहितका सबै समुदायसँग सहकार्य गरेर यसलाई जनआन्दोलनको रुप दिने बताए ।

भेलामा केन्द्रको अवधारणा प्रस्तुत गरिएको थियो । जसमा केन्द्रदेखि जिल्लासम्म संरचना बनाउनेदेखि आचार संहिता समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment