Comments Add Comment

मलेसियामा गर्भपतन गराउने नेपाली चेलीलार्इ १० वर्ष जेलको अभियोग

malesiya-cheli

३१ असोज,  मलेसिया । गर्भपतन गराएको अभियोगमा एक नेपाली महिलालाई मलेसियाको अदालतमा १० बर्ष कैद सजायँ सहितकाे अभियाेजन दर्ता भएकाे छ । रोजगारीका सिलसिलामा मलेसिया पुगेकी नेपाली चेलीले असावधानीवस रहन गएको गर्भ पतन गराउँदा यस्तो कठोर सजायँ भोग्नु पर्ने अवस्था अाएकाे हाे ।
तामान सिकुस्थित एक पोलक्लिनिकमा गर्भको बच्चा मारेको अभियोगमा २४ बर्षीया निर्मला थापालाई ९ अक्टोबर दिउँसो ३ बजे प्रहरीले रंगेहाते पक्राउ गरेको बताएको छ ।
सोमबार यस्तो अभियाेग लागेकी थापाले मलेसियन भाषामा लेखिएको अभियाेग आफूले नबुझेको बताइन् । स्थानीय अदालतका न्यायाधीश मुसिरी पीटले उक्त अाराेपपत्र नबुझ्ने भाषामा भएपछि नेपाली द्वोभाषे सहित सुनुवाइका लागि मौका दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
मलेसियाको कानुन अनुसार भरखर जन्मिएको बच्चा वा जन्माउनुअघिको बच्चा मारेमा १० बर्षसम्म कैदको ब्यवस्था छ । याे अभियाेग प्रमाणित भए थापाले १० वर्ष मलेसियाकाे जेलमा बिताउनुपर्नेछ ।
पेनाङ्ग राज्यको एक फ्याक्ट्रीमा कार्यरत थापाले कसको गर्भ हो भन्ने स्पष्ट नखुलाएको प्रहरीको भनाइ छ ।
मलेसियामा महिला वा पुरुष दुबैको सहमतिमा यौनसम्बन्ध राख्दा गर्भ रहन गई हजारौं महिलाहरुले पीडा भोग्नुपरेको एक श्रोतले बताएको छ । श्रोतका अनुसार मलेसियामा कार्यरत प्रवासी महिलाहरुलाई यो पीडाले बढी सताउने गरेको छ ।
यहाँ दिनहुँ यस्ता समस्या समाधानका लागि गर्भ तुहाउने औषधिको खोजीमा गर्ने या लुकीछिपी गर्भपतन गराउने महिलाहरु मेडिकलमा धाउने गरेको बताइन्छ।

(भूल सुधार– यसअघि प्रकाशित समाचारमा १० वर्ष जेल सजायँकाे अभियाेग दर्ता हुनुपर्नेमा सजायँ भइसकेकाे व्यहाेरा पर्न गएकाले क्षमा याचनासहित सच्याइएकाे छ )

तस्वीरः दस्टार अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment