Comments Add Comment

सलमानकी हिरोइन नेपालमा, भन्छिन्-‘नेपाल घुम्न मन छ'(भिडियो)

zarin khan
बलिउडका चर्चित नायक सलमान खानकी नायिका भनेर चर्चामा आएकी जरिन खान नेपाल आएकी छिन् । आज उनी नेपाल आएकी हुन् । नेपाल आएलगतै आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी गराएको हो ।

विश्व चर्चित फेशन डिजाइनर विशाल कपुरका पहिरनमा जरिनले सो स्टपरको रुपमा शनिबार सोल्टी होटलमा आयोजना हुन लागेको फेशन शोमा र्‍याम्प नाप्नेछन् । विशालले नेपाल र भारतका थुप्रै कलाकारलाई आफ्नो डिजाइनमा र्‍याम्पमा हिडाइसकेका छन् ।

पनाचे ग्यालेक्सी अफ स्टार्सको आयोजनामा हुन लागेको यो कार्यक्रममा जरिनसँगै अर्का बलिउड कलाकार एजाज खान ‘सो स्टपर’को रुपमा र्‍याम्पमा देखिनेछन् ।
पत्रकार सम्मेलनमा जरिन मात्र उपस्थित भएकी थिइन् । उनले आफूले शनिबार हुने कार्यक्रममा लेङ्गा लगाउने बताइन् । उनले आफू पहिलो पटक नेपाल आएको भन्दै समय रहेसम्म धेरै स्थानमा घुम्ने चाहना व्यक्त गरिन् । आफूलाई नृत्य खुबै मनपर्ने भन्दै जरिनले आफू नर्स बन्न चाहेको खुलाइन् ।zarin khana and bishal

उनले नेपाल हिमालका कारण चर्चामा रहेको समेत खुलाइन् । शनिबार आयोजना हुने कार्यक्रममा विजय लामा, निशा अधिकारी, रेश महरठ्ठा, निलम चन्द, इशानी श्रेष्ठ पनि र्‍याम्पमा देखिनेछन् ।

एक घन्टा ३० मिनेट चल्ने कार्यक्रममा ५ सय जना उच्च प्रोफाइल बनाएका अतिथीहरुको उपस्थिती हुने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा बलिउडका आकर्षक नृत्यका साथै विभिन्न पहिरनमा मोडलहरुले र्‍याम्प नाप्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment