Comments Add Comment

नइ देरुनीखपू बाल पुरस्कार नौ जनालाई

नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने १५ वर्षमुनिका नौ बालबालिकालाई २०७१ सालको ‘नइ देरुनीखपू पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कृत हुनेमा साहित्यतर्फ दीपशिखा घिमिरे, चित्रकलातर्फ असलराज तिम्सिना, गायनतर्फ निर्मित विष्ट, नृत्यतर्फ जिया जोशी, खेलकुदतर्फ शर्मिला गाहा मगर र बहुआयामिकतर्फ सृष्टि महर्जन छन् । पुरस्कारको राशि जनही दश हजार छ ।

यसैगरी ‘नइ देरूनिखपू कोपिला पुरस्कार’ गायनतर्फ प्रकृति मानन्धर र नृत्यतर्फ कशिष शाक्यलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारका राशि जनही सात हजार रहेको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिएका छन् ।

पाँच हजार राशिको ‘नइ देरूनिखपू चिचिला पुरस्कार’ प्रयत्ना सिलवाललाई प्रदान गरिने भएको छ । तीन वर्षकी सिलवाललाई नृत्यतर्फ पुरस्कार प्रदान गरिन लागिएको हो ।

पुरस्कार आगामी कात्तिक २२ गतेे प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment