Comments Add Comment

जातीय आधारमा प्रदेश बनाए आन्दोलन गर्ने ब्राहृमण-क्षेत्रीको चेतावनी

२ कात्तिक, काठमाडौं । क्षेत्री, ब्राहृमण, ठकुरी, दशनामी लगायतको संयुक्त संघर्ष समितिले जातीय आधारमा प्रदेश बनाइए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संयूक्त संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी भाषा र जातिको आधारमा प्रदेशहरु बनाउन नहुने बताएको छ । संघर्ष समितिका अध्यक्ष प्रा. डा. दिलबहादुर क्षेत्रीले नेपाललाई जातीय आधारमा राज्यको पुनःसंरचना गरिए मुलुक जातीय द्वन्द्वमा फस्ने र रुवाण्डा र सुडानको स्थितिमा पुग्ने बताए ।

पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनु पर्ने उनले बताए ।

समितिले क्षेत्री, ब्राहृमण, ठकुरी, दशनामी तथा दलितलाई आदिवासी जातीमा सूचिकृत गरिनुपर्ने, राज्यले दिने सामाजिक सुरक्षा, सुविधा, सहयोग र संरक्षण विपन्नताको आधारमा गर्नुपर्ने, आफूहरुसँग भएको सम्झौता कार्यन्वयन गरिनुपर्ने लगायतका छ बुँदे माग अघि सारेको छ । 

समितिले कात्तिक २२ गतेसम्म प्रत्येक जिल्लामा संघर्ष समितिहरु गठन गर्ने, २३ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने, २५ गते प्रधामन्त्री, संविधानसभा अध्यक्ष तथा विभिन्न दलहरुलाई ज्ञापन पत्र बुझाउने र मंसिर ६ गतेदेखि २७ गतेसम्म पाँचै विकास क्षेत्रमा आमसभा गर्ने लगायतका विभिन्न संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment