Comments Add Comment

प्लेन टिकट काटिएका सभासदबाट सुजातालाई ‘धोका’

२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिबाट कारवाहीको सिफारिस भएपछि नेतृ सुजाता कोइराला पार्टीभित्र आफ्नो शक्ति प्रदर्शन गर्न अग्रसर भएकी छन् ।

तर, उनले आफ्नो शक्ति देखाउन आइतबार विराटनगरमा आयोजना गरेको चियापानमा कांग्रेसका चिनिएका नेता र सभासदहरु उपस्थित हुन सकेनन् । पार्टी कारवाहीमा परेका कारण सुजाताको चियापानमा जाँदा आफूहरु विवादमा परिने भन्दै दुईतर्फ टिकटको व्यवस्था गर्दा समेत काठमाडौंका सभासदहरु जान हिच्किचाएको स्रोतले जनाएको छ ।

sujata-koiralaस्रोतका अनुसार कोइरालाले चियापानमा आउन निम्ता दिँदै करीव २५/३० जना कांग्रेस केन्द्रीय सदस्य तथा सभासदहरुलाई काठमाडौं विराटनगर दुईतर्फी प्लेन टिकट समेत व्यवस्था गरिदिएकी थिइन् ।

धेरैजसो सभासदहरुले आइतबारै संसदबाट बजेट पारित गर्न पार्टी संसदीय दलले अनिवार्य उपस्थितिको हृवीप जारी गरेकाले आउन नपाएको भन्दै कोइरालालाई फोन गरेका थिए ।

केही सभासद भने त्रिभुवन विमानस्थलमा पुगेर पनि विहानको उडान नचलेका कारण फर्किएको स्रोतले जनाएको छ ।

कस कसलार्इ थियो निम्तो ?

‘चियापानमा आउन सभासदहरुलाई विहान ७ बजेर ४५ को बुद्द एयरको टिकट व्यवस्था गरिदिएको र फर्किनका लागि १ बजेर ५५ को टिकट बुकिङ भइसकेको थियो’ कोइराला निकट एक कार्यकर्ताले भने-‘तर, उडान ढिलो भएको र बजेट पारित गर्नुपरेको बहाना गर्दै सभासदहरु कोही आएनन् ।’

आउने जाने टिकट पाउनेहरुमा केन्द्रीय सदस्य तथा सभासद फर्मूला मन्सुर, चन्द्र भण्डारी, मानवहादुर विश्वकर्मा लगायत थिए । त्यस्तै सभासदहरु रामहरि खतिवडा, उषा गुरुङ, भरत शाह, गणेश बिमली, रामकृष्ण यादव, कौशर शाह लगायत २५ जना भन्दा बढि सभासदको टिकट बुकिङ थियो ।

टिकट हात पारेर पनि नगएका एक सभासदले पार्टीले कारवाही गरेको व्यक्तिले आयोजना गरेको चियापानमा जाँदा विवाद हुने भएकाले नगएको बताए । ‘उनको नियत यी सबै मेरा मान्छे हुन् भनेर प्रचार गर्ने खालको देखियो, त्यहि भएर बजेट पारित गर्नुपर्ने भएकाले आउन सकिएन भनियो’-उनले भनेका छन् ।

गत संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले सुजाता कोइराला लगायत ३ सय भन्दा बढि नेता कार्यकर्तालाई अनुशासनको कारवाही गर्न सिफारिस गरेको छ । उक्त सिफारिस केन्द्रीय कार्य समितिबाट पारित हुन बाँकी छ ।

सुजाताले भने गिरिजाप्रसाद कोइरालाका पक्षधरहरुलाई कांग्रेसबाट सिध्याउन छानी छानी कारवाही गरिएको भन्दै सिफारिस अस्वीकार गरेकी छन् । उनले विराटनगरमा आफ्नै निवासमा आयोजना गरेको चियापानमा पनि कांग्रेसका नेताहरुले गिरिजाप्रसाद कोइरालाको अपमान गरेको आरोप लगाइन् ।

जिपी फाउन्डेशनको नाममा आयोजित चियापानमा कांग्रेस मोरङका नेताहरु उपस्थित भएनन् । चियापानमा सुनसरीका सभापति राजिव कोइराला सहित सिराहा, उदयपूर र सप्तरीबाट कार्यकर्ताहरु गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment