Comments Add Comment

श्रीलंका भ्रमणमा नेपाली क्रिकेट टोलीको पहिलो जित

२ कात्तिक काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपालले पहिलो जित हात पारेको छ ।

आइतबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कोल्ट्स क्रिकेट क्लबलाई ७ विकेटले पराजित भएको छ । पहिलो अभ्यास खेलमा भने श्रीलंका पोर्ट अथोरिटीसँग ७४ रनले पराजित भएको थियो ।

कोलम्बो कोल्ट्स क्रिकेट मैदानमा कोल्ट्सले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले ३५ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान पारस खड्काले ६७ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्ल ५६ रनमा अविजित रहे । पारसले २ चौका र ४ छक्का हानेका थिए भने ज्ञानेन्द्रले २ चौंका र एक छक्का हाने ।

सुरुवात भने नेपालको खराव थियो । १६ रन जोड्दा ओपनर नरेश बुढायरलाई ७ रनमा गुमाएको नेपालले दोस्रो विकेट गुमाउँदा मात्र ३३ रन बनाएको थियो । दोस्रो विकेटका रुपमा अर्का ओपनर सुवास खकुरेल व्यक्तिगत ९ रनमा पभेलियन फर्किएका थिए ।

पारस र ज्ञानेन्द्रले शतकीय साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्‍याए । ३२.१ ओभरमा नेपालले १३७ रन बनाउँदा पारस आउट भए ।

ज्ञानेन्द्रले शरदसँग मिलेर नेपाललाई जित दिलाए । शदर मात्र ३ रनमा अविजित रहे ।

यसअघि पहिले व्याटिङ गरेको कोल्ट्स क्रिकेट क्लबले ४३.३ ओभरमा १५१ रन जोड्दा सबै विकेट गुमाएको थियो । उसका लागि एन्जेलो जयसिंघेले ५० रन बनाए पनि अन्य व्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर पुनले घातक बलिङ गरेका थिए । ९.३ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २९ रन दिएर पाँच विकेट लिए । अमृत भट्टराई र सोमपाल कामीले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment