Comments Add Comment

एमाले र एमाओवादीका पदाधिकारी बेरोजगार

CPN_UML_office३ कात्तिक, काठमाडौ । पार्टी विधानमा अधिकार र काम-कर्तब्यबारे स्पष्ट ब्यवस्था नहुँदा एमाले उपमहासचीवद्वय विष्णु पौडेल र घनश्याम भुसाल कामविहिन छन् । विधानमै कार्यक्षेत्र तोकिएको पाँच उपाध्यक्ष र पाँच सचिवको पनि कार्यविभाजन हुन सकेको छैन ।
यस्तै, एकीकृत नेकपा माओवादील पछिल्लो पटक गरेको कार्य विभाजनबारे धेरै नेता बेरोजगार बनेका छन् । पार्टीको ठोस जिम्मा नपाउँदा केही पदाधिकारी र स्थायी समिति सदस्य पनि कामविहिन भएको नयाँ पत्रिकामा खबर छ । डा.बाबुराम भट्टराई पक्षको असहमतिकाबीच गत जेठमा एमाओवादीले कार्यविभाजन गरेको थियो । संस्थापन पक्षकै केही नेताले पनि त्यसप्रति असन्तुष्टी जनाएका थिए ।
नेताहरुलाई भाग पुर्याउन नवौं महाधिवेशनदेखि एमालेले दुईजना उपमहासचिवको ब्यवस्था गरेको थियो । तर उनीहरुको जिम्मेवारी भने विधानमा स्पष्ट ब्यवस्था छैन । महासचिवको सहयोगीको रुपमा मात्रै उपमहासचिवलाई ब्याख्या गरिएको छ । ‘महासचिवको काममा आवश्यक सहयोग गर्ने, महासचिवको अनुपस्थितिमा उनको काम गर्ने र महासचिवले तोकेको काम गर्ने र उपमहासचिवको अधिकार र कर्तब्यबारे विधानमा उल्लेख छ ।
पार्टी विधानले १५ पदाधिकारी मध्ये अध्यक्ष र महासचिवलाई कार्यकारी भूमिका दिएको छ । उपाध्यक्षहरुलाई विकास क्षेत्रीय कमिटीको संयोजक र सचिवहरुलाई विभागीय संरचनाको प्रमुखको रुपमा जिम्मेवारी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment