Comments Add Comment

सोमवारका पत्रपत्रिकामा विजनेश खबर

सोमवारका आर्थिक दैनिक पत्रिकाहरुले नेपालको विभिन्न क्षेत्रको विकासका लागि ईयूले ४५ अर्ब सहयोग गर्ने भएको खबरलाई प्राथमिकताका साथ खबर छापेका छन् ।
कारोबार दैनिकले ‘भूखण्डीकरणले वर्षमै ५ लाख जग्गाधनी थपिए’ शीर्षकमा मुख्य खबर छापेको छ । मुलुकमा भूउपयोग नीति नहुँदा जथाभावी जग्गा टुक्र्याउने क्रम बढेको छ । अनियन्त्रित भूखण्डीकरणका कारण १ वर्षमा झण्डै ५ लाख नयाँ जग्गाधनी थपिएका छन् ।
यस्तै, ईयूको ४५ अर्ब सहयोग, बजेटसम्बन्धी सवै ऐन पारित, पेट्रोलियम पदार्थको मूल्य घट्यो, कामदारको क्षतिपूर्तिको रकम दाब्बर, गोदावरी मेलामा २२ लाखको कारोबार, ५९ कम्पनीको कारोबार रोक्का, नौ हजार हलियाको प्रमाणीकरण बाँकी, काठ उद्योग सम्बन्धी नयाँ निर्देशिका जारी, दैलेखका सडकमा करोडौं लगानी खेरलगायतका खबर कारोबार दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले ‘घरेलु कामदारसम्बन्धी नयाँ नियम बन्दैः म्यानपावरलाई छुट्टै सूचीकृत गरी धरौटी’ शीर्षकमा मुख्य खबर छापेको छ । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउँन म्यानपावर कम्पनीलाई छुट्टै सूचीकृत गरी सरकारी खातामा धरौटी रकम जम्मा गर्नुपर्ने ब्यवस्था गरिने भएको छ ।
यस्तै, युरोपेली युनियनको ४५ अर्ब सहयोग, घट्यो पेट्रोलियम पदार्थको मूल्य, ५९ कम्पनीको सेयर कारोबार रोक्का, तीन पुस्तादेखि लालपुर्जाविहीन, तिहारलाई कृत्रिम माला खरिद गर्दै दिदीबहिनी, मुस्ताङमा ७० प्रतिशत पर्यटक घटेलगायतका खबर अन्नपूर्ण पोष्टमा खबर छ ।
नागरिक दैनिकले ‘पश्चिम सेती अनिश्चित’ शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले दुई वर्षअघि चिनियाँ थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेशनलाई दिएको पश्चिम सेती जलाशय जलविद्युत आयोजना नबन्ने सम्भावना बढेको छ ।
यस्तै, युरोपेली युनियनको ४५ अर्ब सहयोग, पीटीएको अन्तिम सम्झौता भोलि, नेपाली ठग्ने भारतीय एजेन्ट कारबाहीमा, भारतबाट नेपाल कल सस्तियो, पम्पले तेल उठाउन छाडे, ड्राइ प|mुटको ब्यापार दोब्बरलगातका खबर नागरिक दैनिकमा छ ।
आर्थिक दैनिकले ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रय विमानस्थलको लागत संशोधन गरिने’ शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत परिमार्जन गर्ने भएको हो ।
यस्तै, भारतबाट नेपालमा फोन गर्दा लाग्ने शुल्क सस्तियो, मारवाडी सेवा समितिमा अवैध कार्यसमिति, युरोपियन युनियनद्वारा सहयोगमा तेब्बर वृद्धि, नवीकरण शुल्क नबुझाउने तीन दर्जन कम्पनीको कारोबार रोक्का, पेट्रोलियम पदार्थको मूल्य घट्यो, मलेसिया र खाडी मुलुकमा महिला कामदार पठाउने तयारी, महिनामा एक अर्ब २२ करोड रुपैयाँको सेयर थपलगातका खबर आर्थिक दैनिकमा छ ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment