Comments Add Comment

तिहारका लागि बनाइएको मिठाई नक्कली

बेच्न राखिएका मिठाइको फाइल तस्वीर
बेच्न राखिएका मिठाइको फाइल तस्वीर

३ कात्तिक, काठमाडौ । तिहारमा मिठाई किन्दा होस पुर्याउनुस् है ! नाफखोर ब्यापारीले भीडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली मिठाई भिडाउन सक्छन् । विज्ञले सतर्क भएर विश्वासिलो पसलबाट मात्रै मिठाई किन्न सुझाव दिएका छन्, अन्नपूर्ण पोष्टमा खबर छ ।
पर्वको अवसरमा मुख मिठो पार्न नक्कली मिठाईको थोरै प्रयोगले पनि दीर्घकालिन रोग लाग्न सक्छ । विज्ञका अनुसार तिहारमा बासी, सडेका र मिसावट भएका खुवाको मिठाई बनाएर विक्री गर्ने धेरै सम्भावना छ । नक्कली घ्यू तेलमा तारेर अखाद्य रंगको प्रयोग तथा चाँदीको वर्क हालिएका रंगिचंगी स्वादिला मिठाईले पनि स्वास्थ्यमा दीर्घकालिन असर पुर्याउन सक्छ ।
नक्कली दूधबाट निर्मित खुवाको मिठाई पनि अस्वस्थकर हुन सक्छ । बरिष्ठ खाद्यविज्ञ डा.दीलिप सुब्बाका अनुसार चाँदीको वर्क लगाइएको मिठाई स्वास्थ्यका लागि अत्यन्त हानीकारक हुन्छ । माथिल्लो तहमा सेतो टल्किने चाँदीको जलप लागेको मिठाई खान नहुने उनले बताए । चाँदीको वर्क गल्न नसक्ने भएकाले यसले स्वास्थ्यमा समस्या पार्छ ।
भारतको लखनाउस्थित इन्डियन इन्टिच्यूट अफ टेक्नोलोजी रिसर्च सेन्टर र सिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेजको अध्ययन अनुसार आल्मुनियम सस्तो भएकाले मिठाई चम्काउन ब्यवसायीले यसको प्रयोग गर्न थालेका हुन् । चाँदी र आल्मुनियमको वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम तत्व पाइन्छ । यस्ता मिठाई खाँदा क्यान्सर, कलेजो, मिर्गौला र घाँटीसम्बन्धी रोग लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment