Comments Add Comment

विद्युत प्राधिकरणले भन्यो– तिहारमा झिलिमिली बत्ति नबाल्नु

३ कात्तिक, काठमाडौं । तिहारलाई झिलिमिली बत्तिको चाड समेत भन्न गरिन्छ ।

तर, राति ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको सरकारले तिहारमा झिलिमिली बत्ति बाल्न पनि नदिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना जारी गरेर घर, पसलल, मल तथा सडकमा उत्सव बत्ति नबाल्न आग्रह गरेको छ ।

साथै कात्तिक ५ गतेदेखि ८ गतेसम्म बेलुकीको समयमा फ्रिज, आइनर, राइस कुकर, एसी जस्ता विद्युत धेरै खपत हुने उपकरण नचलाउन आग्रह गरेको छ । प्राधिकरणले भनेको छ–अन्यथा ती यपभोक्ताहरुको विद्युत सेवा विच्छेद हुनसक्ने जानकारी गराइन्छ ।’

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको सूचना

bidyut

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment