Comments Add Comment

सोल्टीमा जरिन र एजाजको क्याटवाक

Jarin-Khan
काठमाडौं । बलिउड नायिका जरिन खान र एजाज खानले नेपाली र्‍याम्पमा क्याटवाक गरेका छन् । नेपाल भ्रमणमा आएकी जरिन र एजाजले होटल सोल्टीमा आयोजित कार्यक्रममा क्याटवाक गरेका हुन् ।
शो को अन्तिम सिक्वेल ‘ब्राइडल एण्ड अकेजन वेयर’ उनिहरुले मोडलिङ गरेका थिए । जरिन र एजाजसँगै फेशन डिजाइनर विशाल कपुर पनि र्‍याम्पमा उत्रेका थिए ।
नेपाली शैलिमा रातो टिका लगाएकी जरिनले रेड कलर मिक्स लेहंगा लगाएकी थिइन् । र्‍याम्पमा प्रस्तुत हुँदा बेहुली शैलिमा प्रस्तुत भएकी जरिनले नेपाली दर्शकलाई मन्त्रमुग्ध पारिन् ।
पनाचे ग्यालेक्सी अफ स्टार्सको आयोजनामा नेपाल आएकी जरीनले नेपाल सुन्दर देश भएको भन्दै आफु विभिन्न ठाउँ घुम्नका लागि इच्छुक भएको प्रतिक्रिया दिएकी थिइन् । सलमान खान अभिनित हिन्दी फिल्म बीरमा काम गरेकी जरिन् पहिलो पटक नेपाल आएकी हुन् । उनले काठमाडौका विभिन्न ठाउँ घुमेकी छिन् ।
मौका मिलेमा फेरि नेपाल आउने प्रतिक्रिया दिएकी जरिनले नेपाली प्रसंसकहरुवाट पनि आफु प्रभावित भएको प्रतिक्रिया दिइन् ‘नेपालमा भारतीय कलाकारलाई माया गर्ने दर्शक धेरै हुनुहँदो रहेछ म खुसी छु ।’ उनले भनिन् ।
सोल्टी होटलको भब्य हलमा भएको क्याटवाकमा नेपाली कलाकार विजय लामा, निशा अधिकारी, रेश मरहट्ठा, निलम चन्द, मिस नेपाल इशानी श्रेष्ठ पनि सहभागी थिए । नन्दिता केसीले विशेष नृत्य प्रस्तुत गरेकी थिइन् ।

jarin-khan-at-kathmandu-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment